
सोल । दक्षिण कोरियाको राष्ट्रपतिमा जे–म्यूङ निर्वाचित हुनुभएको छ । मध्यावधि निर्वाचनमा लीले पूर्व राष्ट्रपति युन सुक योलको पूर्व पार्टी कन्जरभेटिभ पार्टीका नेता किम मुन–सोलाई पराजित गर्दै विजयी हुनुभएको हो ।
निर्बाचनमा लीले ४९.४ प्रतिशत मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी किमले ४१.२ प्रतिशत मत प्राप्त गर्नुभएको छ । किमले पार्टीमा आन्तरिक कलह र तेस्रो पक्षका उम्मेदवारले दक्षिणपन्थी मत विभाजन गरेका कारण आफ्नो पाजय भएको बताउनुभएको छ ।
नवनियुक्त राष्ट्रपति ली जे–म्युङले आणविक शक्ति सम्पन्न उत्तर कोरियासँग सम्पर्क गरेर ‘घाउ निको पार्ने’ प्रतिबद्धता व्यक्त गर्नुभएको छ । दक्षिण कोरियाका नयाँ मध्यमार्गी वामपन्थी नेताले ‘बढ्दो संरक्षणवाद र आपूर्ति शृङ्खलाको पुनर्संरचना’ ले एशियाको निर्यातमा निर्भर चौथो ठूलो अर्थतन्त्रका लागि अस्तित्वको खतरा उत्पन्न गरेको चेतावनी पनि दिनुभएको छ ।
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई
काठमाडौँमा सुरु भयो नेपाली कांग्रेसको विशेष महाधिवेशन
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबारदेखि काठमाडौंमा, महामन्त्रीद्वयको अगुवाइ
रास्वपासँगको एकता १२ दिनमै तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा घिसिङ