
लन्डन । बेलायतका पहिलो नेपाली डेपुटी लर्ड लेफ्टिनेन्ट मेजर (सेवानिवृत्त) मणिकुमार राई एमबीई डीएलको निधन भएको छ ।
मणिकुमारको २८ मे २०२५ मा आफ्नै निवास क्याम्बर्लीमा निधन भएको हो । उहाँ लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँलाई २०२० अक्टोबरमा उनलाई ह्याम्पसायर काउन्टीको डिपुटी लर्ड लेफ्टिनेन्ट पदमा नियुक्त गरिएको थियो । यो पद पाउने पहिलो नेपाली मूलका नागरिक उहाँ बन्नुभएको थियो ।
मेजर राई सन् १९७२ मा ब्रिगेड अफ गोर्खाजमा भर्ती हुनुभएको थियो । प्रारम्भमा ७ गोर्खा राइफल्समा सेवा गरेपछि, सन् १९७४ मा रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टबाट अफिसरको रुपमा कमिसन पाई ६ गोर्खा राइफल्समा नियुक्त हुनुभएको थियो ।
उहाँले पल्टनमा प्लाटुन कमान्डर, एजिटेन्ट, कम्पनी कमान्डर र बटालियन सेकेन्ड-इन-कमान्डजस्ता भूमिका निर्वाह गर्नुका साथै विभिन्न स्टाफ अफिसरका रुपमा रक्षा मन्त्रालय, ७ आर्मर्ड ब्रिगेड तथा स्यान्डहर्स्ट एकेडेमीमा सेवा गर्नुभयो । सन् १९९१ मा इराक युद्धमा खटिएका उहाँलाई वीरता र सेवाका लागि एमबीई पदक प्रदान गरिएको थियो ।
उहाँ ४२ वर्षको सैन्य सेवापश्चात् २०१४ मा पूर्णरूपमा सेवा निवृत्त हुनुभएको थियो । उहाँले सेवा निवृत्तिपछिको सामाजिक र व्यावसायिक योगदान उल्लेखनीय रुपमा दिनुभएको थियो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा