
लन्डन । बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) यूके लन्डन ब्रान्चले ८ लाख ५५ हजार पाउन्ड (नेरु १५ करोड ७७ लाख ७७ हजार बराबर)मा गुम्बा भवन खरिद गरेको छ ।
गुम्बाकै लागि भनेर बर्सेनि च्यारिटी गर्दै आएको बीसीसी यूके ब्रान्चले हेज नजिक हलिङटन अक्सब्रीजमा किनेको गुम्बाको शुक्रबार ३० मेका दिन साँचो लिएको हो । आमा अध्यक्ष दिलमाया गुरुङले प्रोपर्टी म्यानेजर एलेक्सबाट साँचो लिएपछि भन्नुभयो, ‘आज हामीले बौद्ध गुम्बाको साँचो पायौं, र हामी धेरै खुसी छौं । हाम्रो सपना साकार भएको छ, र अब हामी सँगै भेला भएर प्रार्थना गर्न सक् छौं। कृपया आउनुहोस् र हामीसँग सामेल हुनुहोस् । सबैलाई, तपाईंको सहयोगको लागि धन्यवाद ।’ उहाँले ट्रस्टी बनेकालाई र सिधै रकम जम्मा गर्ने तथा ब्याज छुटे दिनेहरुलाई पनि धन्यवाद दिनुभएको छ ।
शुक्रबार नै दोर्जेन लुङ्गरिङ रिन्पोछे, गुपत गुरु र लोपेन गुरुहरुबाट संयुक्त रूपमा पूजा गरेर गुम्बा प्रवेश गरिएको छ । कार्यक्रममा पूर्वमेयर तथा काउन्सिलर विष्णु गुरुङ, बीसीसी लन्डन शाखाका अध्यक्ष गोपाल तामाङ, आमा अध्यक्ष दिलमाया गुरुङ, पूजा कोर्डिनेटर देवकला गुरुङ, उपाध्यक्ष ईश्वर गुरुङ, महासचिव हेलिशा गुरुङ, बीसीसी यूकेका निवर्तमान अध्यक्ष हर्कबहादुर गुरुङ, पूर्वअध्यक्ष धर्म तामाङ, बीसीसी लन्डन शाखाका प्रमुख सल्लाहकार तथा प्रोपर्टी कोओर्डिनेटर लेप्टेन नारायणप्रसाद गुरुङ बीईएम, बीसीसी यूकेका आमा अध्यक्ष जगना गुरुङ, पूर्वआमा अध्यक्ष पुष्प गुरुङ, पूर्वउपाध्यक्ष पूर्णमाया गुरुङ, कोषाध्यक्ष शर्मिला तामाङ साथै लन्डन वरिपरि बस्ने भक्तजनहरूको उपस्थिति रहेको थियो ।
गुम्बा स्थापनाले विशेष गरेर लन्डनमा बसोबास गर्ने सम्पूर्ण बौद्धधर्म मार्गीहरुलाई धार्मिक अभ्यास र विविध संस्कार गतिविधिहरू गर्न सहज हुने विश्वास गरिएको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा