
लन्डन । हितकाजी गुरुङ नेतृत्वको गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को निर्वाचन तालिका परिमार्जन भएको छ ।
निर्वाचन र राष्ट्रिय महाधिवेशनको संशोधित निर्वाचन तालिका हालै सार्वजनिक गरिएको हो ।
एनआरएनए यूके निर्वाचन समितिका प्रमुख आयुक्त रामशरण सिम्खडाले आगामी २६ जुलाईमा निर्वाचन (मतदान–अनलाइनमार्फत) र राष्ट्रिय महाधिवेशन २७ जुलाई, २०२५ मा तय गरिएको जनाउनुभयो । उहाँका अनुसार एमआइएस प्रणालीमार्फत सदस्यता लिने अन्तिम मिति २५ जुन, २०२५, राति ११:५९ सम्म जारी रहने छ ।
सदस्यता बन्दा नवीकरणका बेला प्रयोग भएको फोन नम्बर र इमेल सुरक्षित राख्न पनि समितिले विशेष अनुरोध गरेको छ ।
गैरआवासीय नेपाली संघको विधानतः प्रत्येक २ वर्षको जुलाईभित्र सम्पूर्ण राष्ट्रिय समन्वय परिषद्को निर्वाचन गर्नुपर्ने वैधानिक ब्यवस्था छ । एमआइएस माध्यमबाट बनिने सदस्यहरुले उक्त निर्वाचनमा मतदान गर्न पाउनेछन् ।
यसैबीच नयाँ कार्यसमिति चयनका लागि पदाधिकारी तथा सदस्यहरुको उम्मेदवारी शुल्कसमेत निर्धारण गरिएको छ ।
हेर्नुहोस् कुन पदमा कति ?

नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’