
लन्डन । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले नेपालको आर्थिक समृद्धिको एजेन्डा कार्यान्वयनका लागि सबैले योगदान गर्न आह्वान गर्नुभएको छ ।
नेपालको १८ औं गणतन्त्र दिवसको अवसरमा बिहीबार २९ मे २०२५ साँझ नेपाली दूतावास लन्डनमा आयोजित समारोहमा सम्बोधनका क्रममा राजदूत घिमिरेले शहीदहरूले दिएको अमिट बलिदान र नेपालमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको महत्त्वलाई सम्झँदै सो अपिल गर्नुभएको हो । नेपालको समृद्धिका लागि विदेशमा बस्ने सबै नेपालीहरूबीच एकताको आवश्यकता र महत्त्व रहेकोमा पनि उहाँले जोड दिनुभयो ।
उहाँले कार्यक्रममा सहभागीहरूका साथै संयुक्त अधिराज्य र आयरल्याण्डमा रहेका सम्पूर्ण नेपाली प्रवासीहरूलाई शुभकामना व्यक्त गरेको नेपाली दूतावास लन्डनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
रात्रिभोजसहितको गणतन्त्र दिवस कार्यक्रममा दूतावासका अधिकारीहरू, बेलायतमा रहेका नेपालस्थित संस्थाका प्रतिनिधिहरू, व्यवसायीहरू, सञ्चारकर्मीहरू, कलाकारहरूलगायत गरी १२० भन्दा बढी पाहुनाहरूको उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ ।
विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा दुई सय ४० वर्षदेखिको राजतन्त्र व्यवस्थाको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरिएको थियो । उक्त ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन हरेक वर्ष गणतन्त्र दिवस मनाउने गरिएको हो । नेपालमा सरकारले गणतन्त्र मनाएजस्तै विदेशस्थित कूटनीतिक नियोगमा समेत गणतन्त्र दिवस मनाउने गरिएको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा