
लन्डन । मनोक्रान्ति टिम यूकेको निमन्त्रणामा मनोक्रान्तिका प्रणेता डा.योगी विकाशानन्द र रेकी ग्रान्ड मास्टर कमलेश्वरी बेलायत आउनुभएको छ । डा.योगी विकाशानन्द, रेकी ग्रान्ड मास्टर कमलेश्वरी र छोरा क्वान्टम संबुद्ध २३ मेको राति लन्डनस्थित हिथ्रो एयरपोर्ट आइपुग्नुभएको हो । उहाँहरुलाई मनोक्रान्ति टीम यूकेका संयोजक तथा पत्रकार नगेन्द्रराज नेम्बाङलगायतले विमानस्थलमा स्वागत गर्नुभयो ।
डा.योगी विकाशानन्द र कमलेश्वरीले यहाँ रहँदा बेलायतवासीहरुलाई मनोक्रान्ति शिक्षण प्रशिक्षण दिनुहुनेछ । मनोक्रान्ति टिम यूकेले ‘मिर्मिरे बिहानीमा ज्ञानको किरण’ (कुन्डलिनी योग र चक्र ध्यान, रेकी साधना) मे २६ देखि ३० तारिखसम्म आयोजना गरेको छ । अल्डरसटस्थित एम्पायर हलमा बिहान ८ बजेबाट बेलुकी ५ बजेसम्म सञ्चालन कार्यक्रममा डा.योगी विकाशानन्द र कमलेश्वरीले प्रशिक्षण दिनुहुनेछ ।
कार्यक्रम उद्घाटन बेलायतका लागि नेपाली राजदूत चन्द्रप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा हुने जनाइएको छ । सँगै बेलायतमा सक्रिय नेपाली संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु उपस्थित हुने छन् । प्रशिक्षण कार्यक्रममा सशुल्क हुनेछ ।
यसैबीच, डा.योगी विकाशानन्द र कमलेश्वरीले मे २५ तारिखमा तमुधीं यूकेको आयोजनामा हुने गोर्खाकप २०२५ मा १ घण्टा मनोक्रान्ति प्रशिक्षण दिने तयारीसमेत रहेको मनोक्रान्ति टीम यूकेका अध्यक्ष नेम्बाङले बताउनुभयो ।


नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा