डा.योगी विकाशानन्द र कमलेश्वरी बेलायतमा

लन्डन । मनोक्रान्ति टिम यूकेको निमन्त्रणामा मनोक्रान्तिका प्रणेता डा.योगी विकाशानन्द र रेकी ग्रान्ड मास्टर कमलेश्वरी बेलायत आउनुभएको छ । डा.योगी विकाशानन्द, रेकी ग्रान्ड मास्टर कमलेश्वरी र छोरा क्वान्टम संबुद्ध २३ मेको राति लन्डनस्थित हिथ्रो एयरपोर्ट आइपुग्नुभएको हो । उहाँहरुलाई मनोक्रान्ति टीम यूकेका संयोजक तथा पत्रकार नगेन्द्रराज नेम्बाङलगायतले विमानस्थलमा स्वागत गर्नुभयो ।

डा.योगी विकाशानन्द र कमलेश्वरीले यहाँ रहँदा बेलायतवासीहरुलाई मनोक्रान्ति शिक्षण प्रशिक्षण दिनुहुनेछ । मनोक्रान्ति टिम यूकेले ‘मिर्मिरे बिहानीमा ज्ञानको किरण’ (कुन्डलिनी योग र चक्र ध्यान, रेकी साधना) मे २६ देखि ३० तारिखसम्म आयोजना गरेको छ । अल्डरसटस्थित एम्पायर हलमा बिहान ८ बजेबाट बेलुकी ५ बजेसम्म सञ्चालन कार्यक्रममा डा.योगी विकाशानन्द र कमलेश्वरीले प्रशिक्षण दिनुहुनेछ ।

कार्यक्रम उद्घाटन बेलायतका लागि नेपाली राजदूत चन्द्रप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा हुने जनाइएको छ । सँगै बेलायतमा सक्रिय नेपाली संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु उपस्थित हुने छन् । प्रशिक्षण कार्यक्रममा सशुल्क हुनेछ ।

यसैबीच, डा.योगी विकाशानन्द र कमलेश्वरीले मे २५ तारिखमा तमुधीं यूकेको आयोजनामा हुने गोर्खाकप २०२५ मा १ घण्टा मनोक्रान्ति प्रशिक्षण दिने तयारीसमेत रहेको मनोक्रान्ति टीम यूकेका अध्यक्ष नेम्बाङले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री