बेलायतको कुल आप्रवासन सङ्ख्या सन् २०२४ मा आधा घट्यो : तथ्याङ्क

लन्डन । सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्यामा करिब आधाले कमी आएको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । सन् २०२३ को डिसेम्बरको तुलनामा सन् २०२४ को सोही अवधिमा यो सङ्ख्या घटेर चार लाख ३१ हजार पुगेको छ ।

कोभिड–१९ महामारीपछि बेलायत आउने र बाहिरिनेको सङ्ख्याबीचको अन्तर अर्थात् कुल आप्रवासनमा यो सबैभन्दा ठूलो गिरावट हो । ओएनएसले आफ्नो पछिल्लो प्रतिवेदनमा भनेको छ, “दीर्घकालीन कुल आप्रवासनमा करिब ५० प्रतिशतले कमी आएको छ ।”

सन् २०२४ को डिसेम्बरसम्मको १२ महिनाको अवधिमा विशेषगरी काम र अध्ययन भिसामा रहेकाहरूको आप्रवासनमा वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । यसअघिको कन्जरभेटिभ सरकारले यस्तो भिसाका लागि आवेदन दिने व्यक्तिका लागि नियम कडा बनाएको, उच्च तलबमा जोड दिएको र मानिसहरूलाई आफ्ना परिवारलाई आफूसँगै ल्याउन अनुमति दिन अस्वीकार गरेको थियो।

आप्रवासन बेलायतको राजनीतिमा एक महत्वपूर्ण मुद्दा बनेको छ र स्टार्मरले मे १२ मा कडा नयाँ नीतिहरू सार्वजनिक गर्दै बेलायतको सीमामा ‘अन्ततः नियन्त्रण फिर्ता लिने’ प्रतिज्ञा गर्नुभएको थियो । यी उपायहरूमा विदेशी हेरचाह कामदारहरू कटौती गर्ने, आप्रवासीहरू बसोबासका लागि योग्य हुन सक्ने समयको लम्बाइ दोब्बर गर्ने र विदेशी अपराधीहरूलाई निर्वासित गर्ने नयाँ शक्तिहरू समावेश छन्।

बेलायतलाई युरोपेली सङ्घमा रहिरहनुपर्ने पक्षमा मतदान गरेका स्टारर्मलाई मे महिनामा भएको स्थानीय चुनावमा आप्रवासन विरोधी (सुधारवादी पक्ष) ले आश्चर्यजनक रूपमा बहुमत प्राप्त गरेपछि आप्रवासन नियन्त्रणका लागि नयाँ दबाब परेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री