
लन्डन । नेपाली समाज विल्टशायर यूकेको अध्यक्षमा रन्जन मल्ल निर्विरोध निर्वाचित हुनुभएको छ । समाजको यही आइतबार १८ मे २०२५ मा सुइन्डनको टाउन नजिकै रहेको द काउ पबमा सम्पन्न अधिवेशनले मल्लको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
उपाध्यक्षमा हरिभक्त लिम्बु, रुपाकुमारी गुरुङ, सचिवमा बिष्णु गुरुङ, सहसचिवमा कमल गुरुङ,कोषाध्यक्षमा तिल मगर र सहकोषाध्यक्ष यमुना आले चयन भएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै ज्येष्ठ नागरिक संयोजक दिनाकर मल्ल, सांस्कृतिक संयोजक बबिता कुँवर,खेलकुद संयोजक दिपेश गुरुङ निर्विरोध निर्वाचित भएको निर्वाचन समिति सदस्य एवं चितवन समाज यूकेका पूर्वअध्यक्ष देवेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । लेडिज कोअर्डिनेटर, युथ कोअर्डिनेटर, पब्लिक रिलेसन अफिसर, फुड कोअर्डिनेटरमा पछि मनोनयन गरिने जनाइएको छ ।
नयाँ कार्यसमिति चयनका लागि अध्यक्ष क्याप्टेन रिटायर्ड आइतराम गुरुङ, सचिव भवानी गुरुङ, सदस्य क्या रि गजेन्द्र देवान, सदस्य देवेन्द्र श्रेष्ठ र सदस्य सुशील पौडेल रहेको निर्वाचन समिति बनाइएको थियो । अधिवेशन अध्यक्ष ज्ञानप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो ।
ज्ञानप्रसाद दुई कार्यकालमा ५ वर्ष ३ महिनासम्म नेपाली समाज विल्टशायरको नेतृत्वमा रहँदा विभिन्न उल्लेखनीय कार्य गरेको समेत जानकारी गराइएको थियो ।
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन