
लन्डन । नेपाली समाज विल्टशायर यूकेको अध्यक्षमा रन्जन मल्ल निर्विरोध निर्वाचित हुनुभएको छ । समाजको यही आइतबार १८ मे २०२५ मा सुइन्डनको टाउन नजिकै रहेको द काउ पबमा सम्पन्न अधिवेशनले मल्लको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
उपाध्यक्षमा हरिभक्त लिम्बु, रुपाकुमारी गुरुङ, सचिवमा बिष्णु गुरुङ, सहसचिवमा कमल गुरुङ,कोषाध्यक्षमा तिल मगर र सहकोषाध्यक्ष यमुना आले चयन भएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै ज्येष्ठ नागरिक संयोजक दिनाकर मल्ल, सांस्कृतिक संयोजक बबिता कुँवर,खेलकुद संयोजक दिपेश गुरुङ निर्विरोध निर्वाचित भएको निर्वाचन समिति सदस्य एवं चितवन समाज यूकेका पूर्वअध्यक्ष देवेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । लेडिज कोअर्डिनेटर, युथ कोअर्डिनेटर, पब्लिक रिलेसन अफिसर, फुड कोअर्डिनेटरमा पछि मनोनयन गरिने जनाइएको छ ।
नयाँ कार्यसमिति चयनका लागि अध्यक्ष क्याप्टेन रिटायर्ड आइतराम गुरुङ, सचिव भवानी गुरुङ, सदस्य क्या रि गजेन्द्र देवान, सदस्य देवेन्द्र श्रेष्ठ र सदस्य सुशील पौडेल रहेको निर्वाचन समिति बनाइएको थियो । अधिवेशन अध्यक्ष ज्ञानप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो ।
ज्ञानप्रसाद दुई कार्यकालमा ५ वर्ष ३ महिनासम्म नेपाली समाज विल्टशायरको नेतृत्वमा रहँदा विभिन्न उल्लेखनीय कार्य गरेको समेत जानकारी गराइएको थियो ।
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित