
लन्डन । ग्रेटर रस्मूर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेको अध्यक्षको जिम्मेवारी लिला सेलिङ माबोलाई दिइएको छ ।
अल्डरसटस्थित जीआरएनसीको हलमा आइतबार १८ मे २०२५ मा आयोजित पद हस्तान्तरण र ग्रहण कार्यक्रममा आलोपालो नेतृत्व लिने सहमतिअनुरुप अध्यक्ष मान गुरुङले अर्की अध्यक्ष लिला सेलिङ माबोलाई जिम्मेवारी सुम्पिनुभएको हो । डेढ वर्षअघि १० नोभेम्बर २०२३ मा भएको जीआरएनसी यूकेको अधिवेशनबाट आलोपालो नेतृत्वका लागि मान गुरुङ र लीला सेलिङ माबो अध्यक्षमा चयन हुनुभएको थियो ।
अध्यक्ष गुरुङले पूर्वसहमतिअनुसार १८ महिना कार्यभार सम्हाल्ने पछि माबो अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो । माबोले अब १८ महिना जीआरएनसीको नेतृत्व गर्नुहुनेछ ।
कार्यसमितिको ४ उपाध्यक्षमा सुष्मा गुरुङ (महिला), उत्तर गुरुङ, डा.विशाल गुरुङ र जीत मेन्याङ्बो हुनुहुन्छ । यस्तै महासचिवमा सुनील राना रहनुभएको छ । कोषाध्यक्षमा श्याम श्रेष्ठ, सहकोषाध्यक्षमा सुमन पुन, मिडिया सेक्रेटरीमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, सदस्यहरुमा गोमा राना, हेमकुमार गुरुङ, नारायण गिरीलगायत हुनुहुन्छ ।
अध्यक्ष मान गुरुङको अध्यक्षतामा भएको ह्यान्डओभर एन्ड टेकओभर कार्यक्रममा स्वास्थ्य तथा सुरक्षाबारे सचिव प्रजेश श्रेष्ठले जानकारी दिनुभएको थियो । महासचिव सुनिल रानाले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष डा विशाल गुरुङले स्वागत मन्तव्य राख्नुभयो भने अध्यक्ष मान गुरुङले आफ्नो कार्यावधिमा भएका उपलब्धिबारे जानकारी गराउनुभयो ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त