
लन्डन । ग्रेटर रस्मूर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेको अध्यक्षको जिम्मेवारी लिला सेलिङ माबोलाई दिइएको छ ।
अल्डरसटस्थित जीआरएनसीको हलमा आइतबार १८ मे २०२५ मा आयोजित पद हस्तान्तरण र ग्रहण कार्यक्रममा आलोपालो नेतृत्व लिने सहमतिअनुरुप अध्यक्ष मान गुरुङले अर्की अध्यक्ष लिला सेलिङ माबोलाई जिम्मेवारी सुम्पिनुभएको हो । डेढ वर्षअघि १० नोभेम्बर २०२३ मा भएको जीआरएनसी यूकेको अधिवेशनबाट आलोपालो नेतृत्वका लागि मान गुरुङ र लीला सेलिङ माबो अध्यक्षमा चयन हुनुभएको थियो ।
अध्यक्ष गुरुङले पूर्वसहमतिअनुसार १८ महिना कार्यभार सम्हाल्ने पछि माबो अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो । माबोले अब १८ महिना जीआरएनसीको नेतृत्व गर्नुहुनेछ ।
कार्यसमितिको ४ उपाध्यक्षमा सुष्मा गुरुङ (महिला), उत्तर गुरुङ, डा.विशाल गुरुङ र जीत मेन्याङ्बो हुनुहुन्छ । यस्तै महासचिवमा सुनील राना रहनुभएको छ । कोषाध्यक्षमा श्याम श्रेष्ठ, सहकोषाध्यक्षमा सुमन पुन, मिडिया सेक्रेटरीमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, सदस्यहरुमा गोमा राना, हेमकुमार गुरुङ, नारायण गिरीलगायत हुनुहुन्छ ।
अध्यक्ष मान गुरुङको अध्यक्षतामा भएको ह्यान्डओभर एन्ड टेकओभर कार्यक्रममा स्वास्थ्य तथा सुरक्षाबारे सचिव प्रजेश श्रेष्ठले जानकारी दिनुभएको थियो । महासचिव सुनिल रानाले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष डा विशाल गुरुङले स्वागत मन्तव्य राख्नुभयो भने अध्यक्ष मान गुरुङले आफ्नो कार्यावधिमा भएका उपलब्धिबारे जानकारी गराउनुभयो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा