
लन्डन । बेलायतमा जानकी नवमी पर्व भव्य रुपमा मनाइएको छ ।
हिमालयन सिद्ध महायोग यूके तथा युरोप शाखाको आयोजनामा गत हप्ता साउथलस्थित विश्व हिन्दु मन्दिरमा जानकी नवमी मनाइएको हो । दर्जनौं सीताराम साधक तथा शुभेच्छुकहरूको माझ वैदिक विधिपूर्वक सम्पन्न कार्यक्रममा सितामाताको अभिषेक, पुजन तथा उहाँको महिमा वर्णन गरिएको थियो।
हिमालयन सिद्ध महायोग बेलायतका कोषाध्यक्ष लक्ष्मण श्रेष्ठका अनुसार सदगुरु महायोगी सिद्धदबाबाको असिम कृपा आशीर्वाद तथा युवापुस्ताकी प्रखर वाचिका चन्द्रकला सखीको अगुवाइ एवम् उपस्थितिमा कार्यक्रम सम्पन् भएको हो । उक्त कार्यक्रममा सखिजीबाट सारगर्वित सत्संग तथा भजन गाइएको थियो ।
बेलायती जीवनका व्यस्त समय तालिकाबीच पनि नेपाली तथा भारतीयमूलका हिन्दू भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ । कार्यक्रममा आकर्षक नृत्य तथा सामूहिक भजन पनि प्रस्तुति थियो ।
कार्यक्रमको प्रायोजन महायोग साधक गोपी भट्ट तथा श्रीमान् प्रेम भट्टले आफूहरुको पचासौं वैवाहिक वर्षगाँठको उपलक्ष्यमा प्रायोजन गर्नुभएको थियो । जोडीलाई धन्यवाद दिँदै हिमालयन सिद्ध महायोग यूकेका महासचिव उदय लम्सालले छोटो समयको तयारीमा कार्यक्रम सम्पन्न भएको बताउनुभयो ।
कार्यक्रममा युवा तथा नयाँ पुस्ताको समेत उल्लेख्य सहभागिता थियो ।
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन