
लन्डन । बेलायतमा जानकी नवमी पर्व भव्य रुपमा मनाइएको छ ।
हिमालयन सिद्ध महायोग यूके तथा युरोप शाखाको आयोजनामा गत हप्ता साउथलस्थित विश्व हिन्दु मन्दिरमा जानकी नवमी मनाइएको हो । दर्जनौं सीताराम साधक तथा शुभेच्छुकहरूको माझ वैदिक विधिपूर्वक सम्पन्न कार्यक्रममा सितामाताको अभिषेक, पुजन तथा उहाँको महिमा वर्णन गरिएको थियो।
हिमालयन सिद्ध महायोग बेलायतका कोषाध्यक्ष लक्ष्मण श्रेष्ठका अनुसार सदगुरु महायोगी सिद्धदबाबाको असिम कृपा आशीर्वाद तथा युवापुस्ताकी प्रखर वाचिका चन्द्रकला सखीको अगुवाइ एवम् उपस्थितिमा कार्यक्रम सम्पन् भएको हो । उक्त कार्यक्रममा सखिजीबाट सारगर्वित सत्संग तथा भजन गाइएको थियो ।
बेलायती जीवनका व्यस्त समय तालिकाबीच पनि नेपाली तथा भारतीयमूलका हिन्दू भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ । कार्यक्रममा आकर्षक नृत्य तथा सामूहिक भजन पनि प्रस्तुति थियो ।
कार्यक्रमको प्रायोजन महायोग साधक गोपी भट्ट तथा श्रीमान् प्रेम भट्टले आफूहरुको पचासौं वैवाहिक वर्षगाँठको उपलक्ष्यमा प्रायोजन गर्नुभएको थियो । जोडीलाई धन्यवाद दिँदै हिमालयन सिद्ध महायोग यूकेका महासचिव उदय लम्सालले छोटो समयको तयारीमा कार्यक्रम सम्पन्न भएको बताउनुभयो ।
कार्यक्रममा युवा तथा नयाँ पुस्ताको समेत उल्लेख्य सहभागिता थियो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा