
लन्डन । नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके)को यही मे २४ का लागि तोकिएको ‘वार्षिक भेटघाट तथा डिनर नाइट’ स्थगित भएको छ ।
शनिबार १० मेमा संस्थाका सल्लाहकार, जातीय संगठन, मूलवासी एकता मञ्च, महिला महासंघ, पत्रकार महासंघ र युवा महासंघको संयुक्त बैठकले नेपाली समुदायमा धेरै कार्यक्रम जुधेको भन्दै भेटघाट तथा डिनर नाइट सार्ने निर्णय गरेको गरेको हो । अर्को मिति कहिले र कसरी गर्ने भन्ने निर्णय सोमबार १९ मेको साँझ हुने जुम मिटिङले तय गर्ने नेफिन यूकेका अध्यक्ष मेजर योगेश कोयी राई र महासचिव फ्रम दुराले आइतबार सूचनामार्फत जानकारी दिनुभएको छ ।
सम्भाव्य मितिहरु शनिबार २१ जुन, शनिबार २८ जुन, शनिबार ०५ जुलाई २०२५ लाई रहेको सूचनामा उल्लेख छ । अध्यक्ष राई र महासचिव दुराले १९ मेको जुम कन्फरेन्स कलमा उपस्थिति भई दिन अनुरोध गर्नुभएको छ । नेफिन यूकेले अल्डरसटस्थित डिलाउन्ज रेस्टुरेन्टमा च्यारिटी डिनर नाइट तय गरेको थियो । उक्त कार्यक्रम संयुक्त अधिराज्य (बेलायत)का लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेको प्रमुख आतिथ्यता र विभिन्न जातीय संगठनहरुका प्रमुख तथा प्रतिनिधि र विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा हुने जानकारी दिइएको थियो ।

जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन