
लन्डन । नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके)को यही मे २४ का लागि तोकिएको ‘वार्षिक भेटघाट तथा डिनर नाइट’ स्थगित भएको छ ।
शनिबार १० मेमा संस्थाका सल्लाहकार, जातीय संगठन, मूलवासी एकता मञ्च, महिला महासंघ, पत्रकार महासंघ र युवा महासंघको संयुक्त बैठकले नेपाली समुदायमा धेरै कार्यक्रम जुधेको भन्दै भेटघाट तथा डिनर नाइट सार्ने निर्णय गरेको गरेको हो । अर्को मिति कहिले र कसरी गर्ने भन्ने निर्णय सोमबार १९ मेको साँझ हुने जुम मिटिङले तय गर्ने नेफिन यूकेका अध्यक्ष मेजर योगेश कोयी राई र महासचिव फ्रम दुराले आइतबार सूचनामार्फत जानकारी दिनुभएको छ ।
सम्भाव्य मितिहरु शनिबार २१ जुन, शनिबार २८ जुन, शनिबार ०५ जुलाई २०२५ लाई रहेको सूचनामा उल्लेख छ । अध्यक्ष राई र महासचिव दुराले १९ मेको जुम कन्फरेन्स कलमा उपस्थिति भई दिन अनुरोध गर्नुभएको छ । नेफिन यूकेले अल्डरसटस्थित डिलाउन्ज रेस्टुरेन्टमा च्यारिटी डिनर नाइट तय गरेको थियो । उक्त कार्यक्रम संयुक्त अधिराज्य (बेलायत)का लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेको प्रमुख आतिथ्यता र विभिन्न जातीय संगठनहरुका प्रमुख तथा प्रतिनिधि र विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा हुने जानकारी दिइएको थियो ।

नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा