
काठमाडौं । महेशकुमार श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिलाई परराष्ट्र मन्त्रालयले मान्यता दिएको छ ।
पूर्वअध्यक्ष डा. शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गरेको एनआरएनएको एकता महाधिवेशनबाट चुनिएको श्रेष्ठ नेतृत्वको समितिलाई मान्यता दिइएको हो । काठमाडौंमा मे ३ र ५ मा भएको एकता अधिवेशनबाट श्रेष्ठ नेतृत्वको कार्यसमिति निर्विरोध भएको थियो ।
यसअघि पनि गैरआवासीय नेपाली संघका नाममा विभिन्न समूहहरू रहेकोमा परराष्ट्र मन्त्रालयले ११ औं महाधिवेशनबाट चुनिएको बद्री केसी अध्यक्षताको समितिलाई मान्यता दिएको थियो । तर, श्रेष्ठ नेतृत्वको समितिलाई परराष्ट्रले वैधानिकता दिएपछि भने दुईवटा बलिया धारका संगठनहरू सृजना भएका हुन् । केसी नेतृत्वको एनआरएनएको म्याद आगामी अक्टोबरमा सकिँदै छ ।
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
विश्व मानवीय अवस्था गम्भीर, राहतको लागि ३३ अर्ब डलर माग
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको अध्यक्षमा मनसुधन थापा मगर चयन
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर