
लन्डन । डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले यही १२ मे मा २५६९औं बुद्ध जयन्ती मनाउने भएको छ । प्रत्येक वर्ष मनाउँदै आएकॊ भगवान् बुद्धकॊ जयन्ती यस साल विलविच लन्डनस्थित डायमन्ड बुद्धिस्ट सेन्टर यूकेकॊ गुम्बामा विविध कार्यक्रमसहित सम्पन्न हुन लागेको कार्यक्रम संयोजकसमेत रहनुभएका संस्थापक अध्यक्ष सुमलकुमार गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसैदिन प्रत्येक वर्ष गरिने शान्ति पदयात्रा पनि शहरकॊ परिक्रमा गरेर सम्पन्न गरिने आयोजकले जनाएको छ । यस वर्षकॊ लागि कार्यक्रमकॊ भॊजनदान संस्थाका निवर्तमान अध्यक्ष यॊगेश गुरुङ र उनकॊ श्रीमती मिना गुरूङले प्रायॊजन गर्कानुभएको छ ।
बौद्ध अनुयायीहरूकॊ लागि पूण्य सन्चय, संसारका सम्पूर्ण प्राणीहरूकॊ हित र यस महान् दिनलाई सफलतापूर्वक पूजा गरेर सम्पन्न गर्नका लागि संस्थाका मूलगुरू खेनरिम्पॊचे शिरलामा गुरूङ नेपालबाट ५ मई २०२५कॊ दिनमा बेलायत आउँदै हुनुहुन्छछ । उहाँकॊ करकमलबाट यस सालकॊ बुद्ध जयन्ती भव्यताकॊ साथमा सम्पन्न गर्न तयारी भइरहेकॊ पनि आयोजकले जनाएको छ ।
कार्यक्रमकॊ संयॊजक संस्थाका संस्थापक अध्यक्ष सुमलकुमार गुरुङ, सह-संयॊजकद्वय क्रमशः संस्थाका प्रमुख सल्लाहकार राम गुरूङ र उपाध्यक्ष सुशील प्रजापति रहेका छन् । यसपाली बुद्ध फाउन्डेसन यूके पनि यस कार्यक्रममा सहभागिता जनाउँदै छ ।
विगत ११ वर्षदेखि लन्डन जस्तॊ विश्वकै आईकॊनिक शहरमा शान्ति पदयात्रा गरेर विश्वसामु नेपाल र भगवान् बुद्धलाई चिनाउने प्रयास यस शान्ति पदयात्राले गर्दै आइरहेकॊ आयोजकको भनाइ छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त