
लन्डन । नेपाली राजदूतावास लन्डनले बेलायतमा क्रियाशील नेपाली संघ संस्थाहरुलाई यही १५ मेभित्र विवरण अद्यावधिक गर्न आग्रह गरेको छ ।
दूतावासले सूचना जारी गर्दै उक्त आग्रह गरेको हो । ‘नेपाली राजदूतावास, लण्डनले आगामी दिनमा आयोजना गर्ने कार्यक्रमहरु तथा समुदायसँगको सहकार्यमा हुनसक्ने राष्ट्रिय हित एवं प्राथमिकताका अन्य गतिविधिहरुमा नेपाली डायस्पोराको अधिकतम परिचालन गर्न संयुक्त अधिराज्यमा हाल क्रियाशील रहेका नेपाली संघ/संस्था/संगठनहरुको विवरण आवश्यक भएकोले देहायको लिङ्कमा गइ १५ मे २०२५ भित्र आ- आफ्नो विवरण अद्यावधिक / उपलब्ध गराउनु हुन सम्बन्धित सबैमा अनुरोध छ,’ २८ अप्रिलमा दोस्रोपटक जारी सूचनामा भनिएको छ,’यसअघि मिति २०८१।०९।१८ मा प्रकाशित सूचना अनुरूप विवरण अद्यावधिक गराइसक्नु भएकाहरुले यो फाराम भर्नु पर्ने छैन ।’
दूतावासले पहिलोपटक २०८१।०९।१८ तद्नुसार ०२ जनवरी २०२५मा संस्थाहरुलाई विवरण अध्यावधिक गर्न सूचना प्रकाशित गरेको थियो । आगामी दिनमा आयोजना गर्ने कार्यक्रमहरु तथा समुदायसँगको सहकार्यमा हुनसक्ने राष्ट्रिय हित एवं प्राथमिकताका अन्य गतिविधिहरुमा नेपाली डायस्पोराको अधिकतम परिचालन गराउने उद्देश्यसहित संघ संस्थाको विवरण लिन लागेको दूतावासले जनाएको छ ।
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन