
लन्डन । संयुक्त अधिराज्य (बेलायत)का राजा चार्ल्स तृतीयसमक्ष नेपाली राजदूत चन्द्रकुमार घिमिरेले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।
बिहीबार बकिङ्घम दरबारमा एक औपचारिक कार्यक्रमबीच राजदूत घिमिरेले चार्ल्सलाई ओहोदारको प्रमाणपत्र पेस गर्नुभएको हो । त्यस अवसरमा उहाँले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश पनि सुनाउनुभयो ।
सो अवसरमा राजा चार्ल्सले राजदूत घिमिरेलाई उहाँको नियुक्तिप्रति बधाई दिनुहुँदै नेपालसँगको द्विपक्षीय सम्बन्ध सुदृढ पार्न बेलायती प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राजदूत घिमिरेले नेपाल र बेलायतबीचको दुई शताब्दीभन्दा लामो अटल मित्रतामा जोड दिँदै नेपालको सामाजिक-आर्थिक विकास पहलहरूमा बेलायतको निरन्तर सहयोगका लागि कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले पारस्परिक हितका क्षेत्रमा सहकार्य थप बढाउने नेपालको प्रतिबद्धता पनि दोहोर्याउनुभयो।
समारोहमा राजदूत पत्नि सरिता न्यौपाने घिमिरे र दूतावासका कर्मचारी पनि सहभागी हुनुहुन्थ्यो ।

जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन