
लन्डन । संयुक्त अधिराज्य (बेलायत)का राजा चार्ल्स तृतीयसमक्ष नेपाली राजदूत चन्द्रकुमार घिमिरेले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।
बिहीबार बकिङ्घम दरबारमा एक औपचारिक कार्यक्रमबीच राजदूत घिमिरेले चार्ल्सलाई ओहोदारको प्रमाणपत्र पेस गर्नुभएको हो । त्यस अवसरमा उहाँले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश पनि सुनाउनुभयो ।
सो अवसरमा राजा चार्ल्सले राजदूत घिमिरेलाई उहाँको नियुक्तिप्रति बधाई दिनुहुँदै नेपालसँगको द्विपक्षीय सम्बन्ध सुदृढ पार्न बेलायती प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राजदूत घिमिरेले नेपाल र बेलायतबीचको दुई शताब्दीभन्दा लामो अटल मित्रतामा जोड दिँदै नेपालको सामाजिक-आर्थिक विकास पहलहरूमा बेलायतको निरन्तर सहयोगका लागि कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले पारस्परिक हितका क्षेत्रमा सहकार्य थप बढाउने नेपालको प्रतिबद्धता पनि दोहोर्याउनुभयो।
समारोहमा राजदूत पत्नि सरिता न्यौपाने घिमिरे र दूतावासका कर्मचारी पनि सहभागी हुनुहुन्थ्यो ।

नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा