लन्डन । मनोक्रान्ति टीम यूके अल्डरसट शाखा गठन गरिएको छ । अल्डरसटमा आइतबार २० अप्रिलका दिन आयोजित कार्यक्रममा मनोक्रान्ति साधिका अनिता गुरुङको अध्यक्षतामा मनोक्रान्ति टीम अल्डरसट शाखा गठन गरिएको हो ।

शाखा उपाध्यक्षमा सुनिता रानापाली, सचिवमा योग प्रशिक्षक गोपबहादुर सिङ्जाली मगर र कोषाध्यक्षमा कमल राई चयन भएको टिम लिडर नगेन्द्र नेम्बाङले जानकारी दिनुभयो । सदस्यहरुमा रिता गुरुङ, कुमारी थापा, माया श्रेष्ठ,बेल बुडाथोकी र ओम पुन चयन हुनुभएको छ । शाखा सल्लाहकारमा गोमा राना चयन हुनुभएको छ। मनोक्रान्ति टीम यूकेका अग्रज साधक खर गुरुङले नवनियुक्त कार्यसमितिलाई खादा ओढाइ सम्मानसहित बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
आगामी मे महिनामा गुरुदेव/गुरुमा डा. योगी विकाशानन्द र कमलेश्वरीको बेलायत भ्रमणका क्रममा मनोक्रान्ति प्रशिक्षण सफल पार्नका लागि पनि शाखा गठन गरिएको हो । बेलायतमा यो शाखा प्रथम हो ।
अन्यत्र पनि शाखा विस्तार गर्दै लैजाने लक्ष्य रहेको टिम लिडर नेम्बाङले बताउनुभएको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा