
लन्डन । रुस र युक्रेनले आइतबार एकअर्कामाथि युद्धविराम उल्लङ्घन (तोडेको) गरेको आरोप लगाएका छन् । यो युद्धविराम रूसी राष्ट्रपति पुटिनले धार्मिक पर्वको अवसरमा शनिबार साँझदेखि आइतबार रातिसम्मका लागि घोषणा गर्नुभएको थियो ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रूसी सेनाले युद्धविरामको समयमा पनि आक्रमण र गोलाबारी जारी राखेको बताउनुभएको छ । उहाँका अनुसार, सुरु भएको ६ घण्टामै ३८७ पटक गोलाबारी र १९ पटक आक्रमण भएको छ, साथै २९० पटक ड्रोन प्रयोग गरिएको छ ।
रूसको रक्षा मन्त्रालयले युक्रेनले डोनेत्स्क क्षेत्रमा आक्रमण गरेको र रूसी सेनाले त्यसलाई रोकिदिएको दाबी गरेको छ । मन्त्रालयले युक्रेनबाट धेरै पटक गोलाबारी र ड्रोन आक्रमण भएको बताएको छ ।
पुटिनले यो युद्धविराम ’मानवीय कारण’ले घोषणा गर्नुभएको थियो, भने जेलेन्स्कीले पनि समर्थन जनाउँदै यसलाई ३० दिनसम्म लम्ब्याउने प्रस्ताव गर्नुभएको छ । तर किभका केही बासिन्दाले रुसमाथि विश्वास गर्न नसकिने बताएका छन्। उनीहरूले शान्तिका लागि सबै पक्ष गम्भीर हुनुपर्ने बताएका छन् ।
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार