
लन्डन । रुस र युक्रेनले आइतबार एकअर्कामाथि युद्धविराम उल्लङ्घन (तोडेको) गरेको आरोप लगाएका छन् । यो युद्धविराम रूसी राष्ट्रपति पुटिनले धार्मिक पर्वको अवसरमा शनिबार साँझदेखि आइतबार रातिसम्मका लागि घोषणा गर्नुभएको थियो ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रूसी सेनाले युद्धविरामको समयमा पनि आक्रमण र गोलाबारी जारी राखेको बताउनुभएको छ । उहाँका अनुसार, सुरु भएको ६ घण्टामै ३८७ पटक गोलाबारी र १९ पटक आक्रमण भएको छ, साथै २९० पटक ड्रोन प्रयोग गरिएको छ ।
रूसको रक्षा मन्त्रालयले युक्रेनले डोनेत्स्क क्षेत्रमा आक्रमण गरेको र रूसी सेनाले त्यसलाई रोकिदिएको दाबी गरेको छ । मन्त्रालयले युक्रेनबाट धेरै पटक गोलाबारी र ड्रोन आक्रमण भएको बताएको छ ।
पुटिनले यो युद्धविराम ’मानवीय कारण’ले घोषणा गर्नुभएको थियो, भने जेलेन्स्कीले पनि समर्थन जनाउँदै यसलाई ३० दिनसम्म लम्ब्याउने प्रस्ताव गर्नुभएको छ । तर किभका केही बासिन्दाले रुसमाथि विश्वास गर्न नसकिने बताएका छन्। उनीहरूले शान्तिका लागि सबै पक्ष गम्भीर हुनुपर्ने बताएका छन् ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि