
लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायतका अध्यक्ष प्रेम गाहा मगर नेपाल प्रस्थान गर्नुभएको छ ।
अध्यक्ष मगर मे ३ देखि ५ सम्म काठमाडौंमा हुने एनआरएनएको एकता महाधिवेशनका लागि बिहीबार नेपाल जानु भएको हो । उहाँले आफ्नो अनुपस्थितमा कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष अनिल मल्ललाई दिनुभएको छ ।
गैर आवासीय नेपाली संघ बेलायतको १३ अप्रिल २०२५ मा सम्पन्न पहिलो कार्यसमिति बैठकले अध्यक्ष प्रेम गाहामगरको अनुपस्थितिमा उपाध्यक्ष मल्ललाई कार्यवाहक अध्यक्षको रुपमा नियुक्त गर्ने निर्णय सर्वसम्मत रुपमा पारित गरिएको हो ।
कार्यवाहक अध्यक्ष मल्लले अध्यक्ष मगर नेपाल भ्रमणबाट नफर्किँदा संघको सम्पूर्ण नेतृत्व र जिम्मेवारी सम्हाल्ने बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष मगरले आफ्नो अनुपस्थितिमा पनि संस्थाको कार्य सञ्चालन निरन्तर, व्यवस्थित र प्रभावकारी रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा