
काठमाडौँ । जबरजस्ती करणी गर्ने, व्यक्ति बेपत्ता पर्ने कार्य गरेको आरोपित रामबहादुर बम्जनलाई बाल यौन दुराचार मुद्दामा उच्च अदालत जनकपुरले सफाइ दिएको छ ।
उच्चका न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको संयुक्त इजलासले गत चैत ६ गते सफाइ दिने फैसला गरेको हो । बम्जनलाई जिल्ला अदालत सर्लाहीले २०८१ असारमा १० वर्ष कैद र ५ लाख क्षतिपूर्तिको सजाय सुनाएको थियो । उक्त आदेशविरुद्ध बम्जनले उच्च अदालत जनकपुरमा पुनरावेदन गर्नुभएको थियो ।
उच्चले बम्जनलाई सफाइ दिँदा हदम्याद नाघी जाहेरी परी अभियोगपत्र दायर हुन आएकाले हदम्याद नाघी आएको जिल्ला अदालतको आदेश नमिलेको भन्दै सफाइ दिने फैसला गरेको बिहीबार सार्वजनिक फैसलाको पूर्णपाठमा उल्लेख छ । गलत र त्रुटिपूर्ण हदम्यादका आधारमा न्याय सम्पादन गर्ने र गलत हदम्यादलाई प्रोत्साहित गर्न खोज्दा न्यायिक अराजकता सिर्जना हुने व्याख्या पूर्णपाठमा गरिएको छ ।
बम्जनले सर्लाही र सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लामा आश्रम खडा गर्ने, जबरजस्ती करणी गर्ने, व्यक्ति वेपत्ता पर्ने कार्य गरेको आरोप लागेको थियो । उक्त आरोपमा विभिन्न जिल्लामा जाहेरीसमेत परेको थियो । उहाँमाथि १० जना बालबालिकालाई यौन दुराचार गरेको आरोप थियो । त्यसैक्रममा आश्रममा आनी बनेर बसिरहेको अवस्थामा २०७३ साउन २० गते राति ९:१५ को समयमा ललाइफकाइ प्रलोभनमा पारी सुत्ने कोठामा लगी बलात्कार गरेको आरोपमा वर्ष १८ की नाम थर परिवर्तित जिल्ला (क) लाई बलात्कार गरेको आरोपमा परेको उजुरीमा जिल्लाले बम्जनलाई कारागार पठाउने आदेश गरेको थियो ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि