लन्डन । गैर आवासीय नेपाली संघ बेलायतले आउँदो मे ३ देखि ५ तारिखसम्म काठमाडौंमा हुन लागेको एनआरएनए एकता महाधिवेशनमा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर र महासचिव जुरेन्द्र खजुम लिम्बुद्वारा बुधबार जारी संयुक्त प्रेस विज्ञप्तिमा नेपालको सर्वोच्च अदालतको परमादेशअनुसार गठित गैरआवासीय नेपाली संघ उच्चस्तरीय समितिको संयोजनमा हुने एकता महाधिवेशनमा एनआरएनए यूकेका सम्पूर्ण सदस्यलाई सहभागिता जनाउन आग्रह गरिएको हो ।
विज्ञप्तिमा एनआरएनएको एमआइएस प्रणाली तथा वेवसाइटमा पहुँचका लागि विविध प्राविधिक सिमितता बाबजुद उच्च स्तरीय समितिको पोर्टलमार्फत सदस्यता दर्ता गराइसकेका सम्पूर्ण सदस्यलाई हार्दिक धन्यवाद पनि व्यक्त गरिएको छ ।
एनआरएनए यूकेले प्रमाणित सदस्यहरुले www.nrnahlc.com मा गई २०८१ वैशाख ९ गते (२२ अप्रिल २०२५) राति ११:५९ बजेभित्र आफूलाई डेलिगेट (प्रतिनिधि) का रुपमा नामावलीमा सूचीकृत गराउन पनि अनुरोध गरेको छ । सदस्यता वा डेलिगेट प्रक्रियामा कुनै जिज्ञासा वा प्राविधिक समस्या भए एनआरएनए यूकेसंग सम्पर्क गर्न पनि भनिएको छ ।
संघले एनआरएनए यूकेका सबै सदस्यहरुलाई एकतामा आधारित संघ निर्माणका लागि अग्रसर हुँदै काठमाडौं महाधिवेशनमा सक्रिय सहभागिताका लागि आह्वान गरेको छ ।
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित