लन्डन । गैर आवासीय नेपाली संघ बेलायतले आउँदो मे ३ देखि ५ तारिखसम्म काठमाडौंमा हुन लागेको एनआरएनए एकता महाधिवेशनमा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर र महासचिव जुरेन्द्र खजुम लिम्बुद्वारा बुधबार जारी संयुक्त प्रेस विज्ञप्तिमा नेपालको सर्वोच्च अदालतको परमादेशअनुसार गठित गैरआवासीय नेपाली संघ उच्चस्तरीय समितिको संयोजनमा हुने एकता महाधिवेशनमा एनआरएनए यूकेका सम्पूर्ण सदस्यलाई सहभागिता जनाउन आग्रह गरिएको हो ।
विज्ञप्तिमा एनआरएनएको एमआइएस प्रणाली तथा वेवसाइटमा पहुँचका लागि विविध प्राविधिक सिमितता बाबजुद उच्च स्तरीय समितिको पोर्टलमार्फत सदस्यता दर्ता गराइसकेका सम्पूर्ण सदस्यलाई हार्दिक धन्यवाद पनि व्यक्त गरिएको छ ।
एनआरएनए यूकेले प्रमाणित सदस्यहरुले www.nrnahlc.com मा गई २०८१ वैशाख ९ गते (२२ अप्रिल २०२५) राति ११:५९ बजेभित्र आफूलाई डेलिगेट (प्रतिनिधि) का रुपमा नामावलीमा सूचीकृत गराउन पनि अनुरोध गरेको छ । सदस्यता वा डेलिगेट प्रक्रियामा कुनै जिज्ञासा वा प्राविधिक समस्या भए एनआरएनए यूकेसंग सम्पर्क गर्न पनि भनिएको छ ।
संघले एनआरएनए यूकेका सबै सदस्यहरुलाई एकतामा आधारित संघ निर्माणका लागि अग्रसर हुँदै काठमाडौं महाधिवेशनमा सक्रिय सहभागिताका लागि आह्वान गरेको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा