लन्डन । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे र बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होयलबीच भेटवार्ता भएको छ । उहाँहरुबीच मंगलबार वेष्टमिनिष्टरमा शिष्टाचार भेटवार्ता भएको हो ।

राजदूत घिमिरेले बेलायती संसद्को ऐतिहासिक भूमिकाको प्रशंसा गर्दै नेपालका सभामुख देवराज घिमिरेको सन्देश सुनाएको राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।
राजदूत घिमिरेले नेपालको संसद समावेशी भएको स्मरण गराउँदै नेपालको संसदमा बेलायतलक्षित सर्वदलीय संसदीय समिति गठन गरिएको जानकारी दिनुभएको थियो । उहाँ सभामुख होयलसमक्ष नेपाल हेर्ने बेलायतको सर्वदलीय संसदीय समितिको सहयोगप्रति पनि आभार व्यक्त गर्नुभयो ।
बेलायत र नेपाल दुई देशबीच दुई शताब्दी बढीको न्यानो र सौहार्दपूर्ण सम्बन्ध स्मरण गर्दै राजदूतले उच्चस्तरीय भ्रमण र आदानप्रदानको महत्त्वमा जोड दिनुभएको थियो ।
राजदूतले विशेषगरी जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, नेपालको समृद्धि आकांक्षा पूरा गर्न र २०२६ सम्ममा नेपाल अल्पविकसित मुलुक (एलडिसी)बाट ग्रयाजुएसनपछिको प्रगतिलाई दिगो बनाउन तथा बाँकी रहेका भूतपूर्व ब्रिटिस गोर्खा सैनिकका गुनासोहरू सकेसम्म चाँडो सम्बोधन गर्न बेलायत सरकारबाट निरन्तर सहयोगको अपेक्षा पनि गर्नुभएको थियो ।
भेटमा सभामुख होयलले नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक र अद्वितीय सम्बन्धको चर्चा गर्दै भविष्यमा दुवै देशका संसदीय समूहहरूबीच सहकार्यको सम्भावना व्यक्त गर्नुभएको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा