लन्डन । बेलायतको प्रसारण नियामकले बुधबार एक अनलाइन आत्महत्या फोरमको जाँच गरिरहेको घोषणा गरेको छ ।

उक्त फोरमलाई स्थानीय सञ्चार माध्यमहरूका अनुसार देशमा कम्तीमा ५० जनाको मृत्युसँग जोडिएको बताइएको छ ।अफकमले यस साइटको सेवा प्रदायकले ‘आफ्ना बेलायती प्रयोगकर्ताहरूलाई गैरकानूनी सामग्री र गतिविधिबाट सुरक्षित राख्न उपयुक्त सुरक्षा उपायहरू लागू गर्न असफल भए–नभएको’ बारे अनुसन्धान गरिरहेको जनाएको छ ।
यो बेलायतको अनलाइन सुरक्षा ऐन, २०२३ अन्तर्गत कुनै व्यक्तिगत सेवा प्रदायक विरुद्ध खोलिएको पहिलो अनुसन्धान हो, जुन वयस्क र बालबालिका इन्टरनेट प्रयोगकर्ताहरूको सुरक्षा गर्ने उद्देश्यले बनाइएको हो ।
ऐनअन्तर्गत सेवा प्रदायकहरूले गत महिनाको मध्यसम्म कुनै पनि अवैध सामग्रीबारे थाहा पाएपछि त्यसलाई हटाउनुपर्ने थियो ।अफकमले सामग्रीको ‘प्रकृति’ का कारण सेवा प्रदायक वा वेबसाइटको नाम उल्लेख नगरेको बताएको छ ।बिबिसीको प्रतिवेदनअनुसार फोरम संयुक्त राज्य अमेरिकामा होस्ट गरिएको छ र बालबालिकासहित दशौँ हजार सदस्यहरू छन् । यसले सम्भावित घातक विषाक्त रसायन कसरी किन्ने र प्रयोग गर्ने भन्ने बारे निर्देशनहरू साझा गर्ने सहित प्रयोगकर्ताहरूले आत्महत्याका विधिहरूबारे छलफल गर्ने बताएको छ ।
बेलायतमा करिब ५० जना आत्महत्या यस फोरमसँग जोडिएको बिबिसीले जनाएको छ । पालना गर्न असफल भएमा अफकमले अन्ततः सेवा प्रदायकलाई सामग्री हटाउन बाध्य पार्न अदालतको आदेश खोज्न सक्नेछ ।
यसले एक करोड ८० लाख पाउन्ड (दुई करोड ३० लाख डलर) सम्म वा यसको विश्वव्यापी राजस्वको १० प्रतिशत बराबरको रकम जरिवाना पनि गर्न सक्नेछ ।
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन