लन्डन । बेलायतको प्रसारण नियामकले बुधबार एक अनलाइन आत्महत्या फोरमको जाँच गरिरहेको घोषणा गरेको छ ।

उक्त फोरमलाई स्थानीय सञ्चार माध्यमहरूका अनुसार देशमा कम्तीमा ५० जनाको मृत्युसँग जोडिएको बताइएको छ ।अफकमले यस साइटको सेवा प्रदायकले ‘आफ्ना बेलायती प्रयोगकर्ताहरूलाई गैरकानूनी सामग्री र गतिविधिबाट सुरक्षित राख्न उपयुक्त सुरक्षा उपायहरू लागू गर्न असफल भए–नभएको’ बारे अनुसन्धान गरिरहेको जनाएको छ ।
यो बेलायतको अनलाइन सुरक्षा ऐन, २०२३ अन्तर्गत कुनै व्यक्तिगत सेवा प्रदायक विरुद्ध खोलिएको पहिलो अनुसन्धान हो, जुन वयस्क र बालबालिका इन्टरनेट प्रयोगकर्ताहरूको सुरक्षा गर्ने उद्देश्यले बनाइएको हो ।
ऐनअन्तर्गत सेवा प्रदायकहरूले गत महिनाको मध्यसम्म कुनै पनि अवैध सामग्रीबारे थाहा पाएपछि त्यसलाई हटाउनुपर्ने थियो ।अफकमले सामग्रीको ‘प्रकृति’ का कारण सेवा प्रदायक वा वेबसाइटको नाम उल्लेख नगरेको बताएको छ ।बिबिसीको प्रतिवेदनअनुसार फोरम संयुक्त राज्य अमेरिकामा होस्ट गरिएको छ र बालबालिकासहित दशौँ हजार सदस्यहरू छन् । यसले सम्भावित घातक विषाक्त रसायन कसरी किन्ने र प्रयोग गर्ने भन्ने बारे निर्देशनहरू साझा गर्ने सहित प्रयोगकर्ताहरूले आत्महत्याका विधिहरूबारे छलफल गर्ने बताएको छ ।
बेलायतमा करिब ५० जना आत्महत्या यस फोरमसँग जोडिएको बिबिसीले जनाएको छ । पालना गर्न असफल भएमा अफकमले अन्ततः सेवा प्रदायकलाई सामग्री हटाउन बाध्य पार्न अदालतको आदेश खोज्न सक्नेछ ।
यसले एक करोड ८० लाख पाउन्ड (दुई करोड ३० लाख डलर) सम्म वा यसको विश्वव्यापी राजस्वको १० प्रतिशत बराबरको रकम जरिवाना पनि गर्न सक्नेछ ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला