
लन्डन । क्षेत्री समाज बेलायतको अध्यक्षमा क्या. टेक जिसी सर्वसम्मत चयन हुनुभएको छ ।
अल्डरसटमा शनिबार सम्पन्न नवौं अधिवेशनले क्या. जिसीको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति (२०२५ -२७) चयन गरेको हो । उपाध्यक्षमा नरेन्द्र बस्नेत, दिल जिसी र प्रतिमा केसी, महासचिवमा मेजर बुद्धि भण्डारी (एमभीओ), सहसचिवमा आनन्द थापा, कोषाध्यक्ष संजयध्वज भण्डारी, सहकोषाध्यक्ष मेजर चक्र खत्री चुनिनु भएको छ ।
जनसम्पर्क सचिव रेशम खड्का, सांस्कृतिक सचिवमा सन्तोषी कार्की, महिला संयोजकमा माया केसी र मिडिया सचिवमा राममाया बिष्ट केसी चुनिनुभएको निर्वाचन समितिले जनाएको छ ।
कार्यसमिति सदस्यहरुमा महेन्द्र कुँवर, अन्जना थापा, राजु बोहरा, हिमा क्षेत्री, कृष्ण थापा, सम्झना अधिकारी क्षेत्री, सरोज थापा, शिला थापा केसी र विमला थापा हुनुहुन्छ ।

नयाँ कार्यसमिति चुन्न सल्लाहकार डा राम अधिकारी, पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार रि क्या धन कुँवर र पूर्वअध्यक्ष तथा सल्लाहकार यज्ञ क्षेत्री रहेको निर्वाचन कमिटी गठन गरिएको थियो । नयाँ कार्यसमितिलाई प्रमुख निर्वाचन आयुक्त डा राम अधिकारीले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।
यसअघि अध्यक्ष श्रद्धा थापाको सभापतित्वमा भएको अधिवेशनमा स्वागत मन्तव्य दिँदै उपाध्यक्ष टेक जिसीले क्षेत्री समाजलाई यहाँसम्म ल्याइपुर्याउने सम्पूर्ण क्षेत्रीबन्धुलाई धन्यवाद दिनुभयो । अधिवेशन बन्द सत्रमा महासचिव ध्रुव गौतमले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष अन्जना थापाले आयव्यय विवरण पेश गर्नुभएको थियो ।
निवर्तमान अध्यक्ष श्रद्धा थापाले नवनिर्वाचित अध्यक्ष जिसीलाई सम्पूर्ण कागजात बुझबुझारथ पनि गर्नुभएको थियो । संस्थाका सल्लाहकार तथा पूर्वअध्यक्षहरुले समाजलाई अघि बढाउन सबैले मिलेर हातेमालो गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । संरक्षक ध्रुब केसीले पनि समाजको योगदान तथा जिम्मेवारीको बारेमा उल्लेख गर्नुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष जिसीले आफूलाई सर्वसम्मत नेतृत्व सुम्पिएर ठूलो जिम्मेवारी दिएकामा सबैप्रति आभार व्यक्त गर्नुभयो ।
निवर्तमान अध्यक्ष श्रद्धा थापाले निर्वाचन कमिटीलाई सम्मान गर्दै आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यबाद दिनुभयो । सोही अवसरमा गायक सूर्य खड्का (परदेशी गायक) लाई पनि समाजका तर्फबाट नवनिर्वाचित अध्यक्ष टेक जीसी र निवर्तमान अध्यक्ष श्रद्धा थापाले सम्मान तथा कदरपत्र प्रदान गर्नुभयो ।
कार्यक्रमको अन्तमा गायक खड्काले मनोरन्जन दिलाउनुभएको थियो ।
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन