
लन्डन । क्षेत्री समाज बेलायतको अध्यक्षमा क्या. टेक जिसी सर्वसम्मत चयन हुनुभएको छ ।
अल्डरसटमा शनिबार सम्पन्न नवौं अधिवेशनले क्या. जिसीको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति (२०२५ -२७) चयन गरेको हो । उपाध्यक्षमा नरेन्द्र बस्नेत, दिल जिसी र प्रतिमा केसी, महासचिवमा मेजर बुद्धि भण्डारी (एमभीओ), सहसचिवमा आनन्द थापा, कोषाध्यक्ष संजयध्वज भण्डारी, सहकोषाध्यक्ष मेजर चक्र खत्री चुनिनु भएको छ ।
जनसम्पर्क सचिव रेशम खड्का, सांस्कृतिक सचिवमा सन्तोषी कार्की, महिला संयोजकमा माया केसी र मिडिया सचिवमा राममाया बिष्ट केसी चुनिनुभएको निर्वाचन समितिले जनाएको छ ।
कार्यसमिति सदस्यहरुमा महेन्द्र कुँवर, अन्जना थापा, राजु बोहरा, हिमा क्षेत्री, कृष्ण थापा, सम्झना अधिकारी क्षेत्री, सरोज थापा, शिला थापा केसी र विमला थापा हुनुहुन्छ ।

नयाँ कार्यसमिति चुन्न सल्लाहकार डा राम अधिकारी, पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार रि क्या धन कुँवर र पूर्वअध्यक्ष तथा सल्लाहकार यज्ञ क्षेत्री रहेको निर्वाचन कमिटी गठन गरिएको थियो । नयाँ कार्यसमितिलाई प्रमुख निर्वाचन आयुक्त डा राम अधिकारीले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।
यसअघि अध्यक्ष श्रद्धा थापाको सभापतित्वमा भएको अधिवेशनमा स्वागत मन्तव्य दिँदै उपाध्यक्ष टेक जिसीले क्षेत्री समाजलाई यहाँसम्म ल्याइपुर्याउने सम्पूर्ण क्षेत्रीबन्धुलाई धन्यवाद दिनुभयो । अधिवेशन बन्द सत्रमा महासचिव ध्रुव गौतमले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष अन्जना थापाले आयव्यय विवरण पेश गर्नुभएको थियो ।
निवर्तमान अध्यक्ष श्रद्धा थापाले नवनिर्वाचित अध्यक्ष जिसीलाई सम्पूर्ण कागजात बुझबुझारथ पनि गर्नुभएको थियो । संस्थाका सल्लाहकार तथा पूर्वअध्यक्षहरुले समाजलाई अघि बढाउन सबैले मिलेर हातेमालो गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । संरक्षक ध्रुब केसीले पनि समाजको योगदान तथा जिम्मेवारीको बारेमा उल्लेख गर्नुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष जिसीले आफूलाई सर्वसम्मत नेतृत्व सुम्पिएर ठूलो जिम्मेवारी दिएकामा सबैप्रति आभार व्यक्त गर्नुभयो ।
निवर्तमान अध्यक्ष श्रद्धा थापाले निर्वाचन कमिटीलाई सम्मान गर्दै आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यबाद दिनुभयो । सोही अवसरमा गायक सूर्य खड्का (परदेशी गायक) लाई पनि समाजका तर्फबाट नवनिर्वाचित अध्यक्ष टेक जीसी र निवर्तमान अध्यक्ष श्रद्धा थापाले सम्मान तथा कदरपत्र प्रदान गर्नुभयो ।
कार्यक्रमको अन्तमा गायक खड्काले मनोरन्जन दिलाउनुभएको थियो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा