
लण्डन । सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेले आयोजना गर्दै आएको ‘नेपाल डायलग युके’ मासिक वेविनारमा यसपटक गैरआवासीय नेपाली र नागरिकताका बारेमा छलफल हुने भएको छ ।
अप्रिल ५ तारिखका दिन बेलायतको स्थानीय समयअनुसार बिहान १० बजेदेखि ११:३० बजेसम्म जुमबाट सञ्चालन हुने सो छलफलको विषय ‘गैरआवासीय नेपाली र नागिरकताको प्रश्न: नेपालले कसरी विश्वव्यापी परिवेशबाट फाइदा लिन सक्ला ?’ राखिएको छ । सो छलफलमा बेलायतको लिड्स विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक सूर्यप्रसाद सुवेदी, नेकपा एमालेका स्थायी कमिटीका सदस्य डा राजन भट्टराई र स्वतन्त्र अनुसन्धाता डा मीना पौडेल सहभागी हुनुहुने सिएनएस युकेले जनाएको छ ।
प्राध्यापक सुवेदीसित गैरआवासीय नेपालीहरुको अभियानको शुरुवातबाट नै नीति तथा विचार निर्माणमा सक्रिय सहभागी हुनुभएको अनुभव छ । त्यस्तै, जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएका भट्टराईले लामो समय नेकपा एमालेको विदेश विभागको प्रमुखका रुपमा काम गर्नुभएको छ भने बेलायतको न्यूक्यासल विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएका डा पौडेल प्रवासन (माइग्रेसन) का बारेमा गहिरो रुचि राख्नुहुन्छ ।
छलफलमा वक्ताहरुले आफ्नो प्रस्तुति दिनुका साथै सहभागीहरुको जिज्ञासाको पनि जवाफ पनि दिनुहुने छ । छलफलमा भाग लिने चाहनेहरुले जूम लिंक https://us06web.zoom.us/j/86235798097 मार्फत सो छलफलमा सहभागी हुन पाउने आयोजकहरुले बताएका छन् ।
सिएनएस युकेले सन् २०२५ को शुरुवातदेखि हरेक महिनाको पहिलो आइतबार बिहान १० बजे प्राज्ञिक तथा अन्य व्याबहारिक विषयहरुमा प्रवचन र छलफल आयोजना गर्दै आएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने