
लण्डन । सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेले आयोजना गर्दै आएको ‘नेपाल डायलग युके’ मासिक वेविनारमा यसपटक गैरआवासीय नेपाली र नागरिकताका बारेमा छलफल हुने भएको छ ।
अप्रिल ५ तारिखका दिन बेलायतको स्थानीय समयअनुसार बिहान १० बजेदेखि ११:३० बजेसम्म जुमबाट सञ्चालन हुने सो छलफलको विषय ‘गैरआवासीय नेपाली र नागिरकताको प्रश्न: नेपालले कसरी विश्वव्यापी परिवेशबाट फाइदा लिन सक्ला ?’ राखिएको छ । सो छलफलमा बेलायतको लिड्स विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक सूर्यप्रसाद सुवेदी, नेकपा एमालेका स्थायी कमिटीका सदस्य डा राजन भट्टराई र स्वतन्त्र अनुसन्धाता डा मीना पौडेल सहभागी हुनुहुने सिएनएस युकेले जनाएको छ ।
प्राध्यापक सुवेदीसित गैरआवासीय नेपालीहरुको अभियानको शुरुवातबाट नै नीति तथा विचार निर्माणमा सक्रिय सहभागी हुनुभएको अनुभव छ । त्यस्तै, जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएका भट्टराईले लामो समय नेकपा एमालेको विदेश विभागको प्रमुखका रुपमा काम गर्नुभएको छ भने बेलायतको न्यूक्यासल विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएका डा पौडेल प्रवासन (माइग्रेसन) का बारेमा गहिरो रुचि राख्नुहुन्छ ।
छलफलमा वक्ताहरुले आफ्नो प्रस्तुति दिनुका साथै सहभागीहरुको जिज्ञासाको पनि जवाफ पनि दिनुहुने छ । छलफलमा भाग लिने चाहनेहरुले जूम लिंक https://us06web.zoom.us/j/86235798097 मार्फत सो छलफलमा सहभागी हुन पाउने आयोजकहरुले बताएका छन् ।
सिएनएस युकेले सन् २०२५ को शुरुवातदेखि हरेक महिनाको पहिलो आइतबार बिहान १० बजे प्राज्ञिक तथा अन्य व्याबहारिक विषयहरुमा प्रवचन र छलफल आयोजना गर्दै आएको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा