
लन्डन । नेपाल पत्रकार महासंघ यूकेले राजावादीहरुको आन्दोलनको क्रममा तीनकुने काठमाडौंमा शुक्रबार भएको आगजनीमा परी एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृ्त्यु र सञ्चारगृहमा आक्रमण गर्नलाई तत्काल कारबाही गर्न माग गरेको छ ।
महासंघ बेलायत शाखाका अध्यक्ष विमला सेने र महासचिव खेमराज रानाभाटले शनिबार २९ मार्चमा प्रेस विज्ञप्ति जारी गर्नुहुँदै प्रेस स्वतन्त्रताको रक्षा, सञ्चारगृह तथा सञ्चारकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिने सुनिश्चित गर्न माग गर्नु भएको हो ।
‘सरकारले प्रेस स्वतन्त्रताको रक्षा गर्दै सञ्चारगृह तथा सञ्चारकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न, घटनामा संलग्न दोषीलाई तत्काल कानुनी कारवाही गर्न र भविष्यमा यस्ता घटनाहरू नदोहोरिउन भन्ने सुनिश्चित गर्न कठोर कदम चाल्न शाखाको जोडदार माग छ,’ विज्ञप्तिमा उल्लेख छ ।
पत्रकार सुरेश रजकको दुःखद निधनप्रति स्तब्ध भएको जनाउँदै प्रदर्शनकारीद्वारा सञ्चारकर्मीमाथि गरिएको आक्रमण, कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्ट कार्यालयमा तोडफोड, हिमालय टेलिभिजनको गाडीमा क्षति पुर्याउने कार्य तथा सार्वजनिक तथा निजी सम्पत्ति माथिको आगजनी र लुटपाटजस्ता हिंसात्मक क्रियाकलापप्रति नेपाल पत्रकार महासंघ बेलायत शाखा घोर भर्त्सना गरेको छ ।
शान्तिपूर्ण आन्दोलन लोकतान्त्रिक अधिकार हो । तर पत्रकारको ज्यान लिने, सञ्चारमाध्यममाथि आक्रमण गर्ने तथा प्रेस स्वतन्त्रताको अधिकार सदुपयोगमा खलल पुर्याउने कार्य पूर्ण रूपमा अस्वीकार्य, निन्दनीय र आपराधिक भएको पत्रकार महासंघ बेलायतको ठहर छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा