
लन्डन । बेलायतको अर्थतन्त्र सन् २०२५ मा केवल एक प्रतिशतले मात्र बढ्ने अनुमान गरिएको छ ।
बेलायतको पब्लिक फाइनान्स वाचडग अफिस फर बजेट रेस्पोन्सिबिलिटी (ओबीआर) ले भर्खरको प्रकाशनमा सन् २०२५ को लागि आफ्नो वृद्धि प्रक्षेपणलाई परिमार्जन गरेको छ, जसलाई बेलायती अर्थमन्त्री रेचेल रिभ्सले हाउस अफ कमन्समा आफ्नो बयानमा पुष्टि गर्नुभयो ।
“यस वर्षको कम वृद्धिको लगभग एक तिहाइले संरचनात्मक कमजोरी जस्तो देखिने कुरालाई प्रतिबिम्बित गर्दछ । यो उत्पादकतामा केन्द्रित छ,” ओबीआरले जनाएको छ ।
“यदि विश्वव्यापी व्यापार विवाद बढ्दै गयो भने यसले बेलायतको जीडीपी (कुल गार्हस्थ्य उत्पादन) १ प्रतिशतले घटाउन सक्छ,” ओबीआरले उल्लेख गरेको छ ।
बेलायतको वार्षिक उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मुद्रास्फीति पनि सन् २०२४ मा २.५ प्रतिशतबाट सन् २०२५ मा ३.२ प्रतिशतमा पुग्ने प्रक्षेपण गरिएको छ, जुन अक्टोबरको प्रक्षेपण भन्दा ०.६ प्रतिशतले बढी हो ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त