
लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा प्रेम गाहामगर चयन हुनुभएको छ । संघको आइतबार द प्यालेस बैंक्वेटिङ हल, अल्डरसटमा भएको एकता महाधिवेशनबाट गाहामगरको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
नयाँ कार्यसमितिका १९ मार्चमा भएको मनोनयन दर्ताका क्रममा सबै पदमा एकल उम्मेदवारी परेपछि सिंगो कार्यसमिति निर्विरोध भएको निर्वाचन समितिका सदस्यसचिव विश्वासदीप तिगेलाले घोषणा गर्नुभयो । उहाँका अनुसार उपाध्यक्षहरुमा तीर्थ मल्ल (अनिल), डा ओसिन लिम्बु, धन तामाङ र झलक पुन, महासचिवमा जुरेन्द्र खजुम, सचिवद्वयमा कृष्णप्रसाद खतिवडा र धिरज राई, महिला सचिवमा जानुका राई, कोषाध्यक्ष अवेश राई र सहकोषाध्यक्षमा सुरेश केसी चयन हुनुभयो ।
महिला संयोजक मणिकला गुरुङ र युवा संयोजक विशाल राई निर्विरोध हुनुभएको छ ।

त्यसैगरी, सदस्यहरुमा निकेस लिम्बु,एन्डीयाज राई, किशोरकुमार गुरुङ, सिमनी श्रेष्ठ, विनय दाहाल, असल लिम्बु,निशान पन्धक, रञ्जन राजवंशी, कमलराज तामाङ, मेखसिङ गुरुङ, सोम श्रेष्ठ, दिवराज राई, अन्जिला लिम्बु, सलबहादुर गुरुङ, कुलप्रसाद कँडेल, विजय गुरुङ, त्रिप्रसाद पुन, प्रेम कोरङ्गी, कल्पना कन्डङ्वा चयन हुनुभयो ।
एनआरएनए यूके आईसीसी सदस्यहरुमा लिला सेलिङ, ओमप्रसाद थापा, डा. बलराम ढकाल, शारदा गुरुङ, युवराज सिंह, कुमार थापा मगर, प्रवेश केसी, अमृत घले, फूलप्रसाद कँडेल र सिरीप्रसाद गुरुङ छानिनुभएको छ ।
निर्वाचन समितिमा संयोजक डा. भीम पुन, सदस्य सचिव विश्वासदीप तिगेला र सदस्यद्वय राजकुमार (आरके) त्रिपाठी र टेक बहादुर थापा हुनुहुन्थ्यो।
एनआरएनए यूकेको अधिवेशन उच्चस्तरीय समितिका संयोजक डा शेष घलेको प्रमुख आतिथ्यतामा भएको हो । निर्वाचितहरु सबैले प्रमाणपत्र लिइसक्नुभएको छ ।
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन