लन्डन । तमुधीं यूकेको वार्षिक कार्यक्रमअन्तर्गतको गोर्खाकप आगामी २५ मे २०२५ मा हुँदै छ । प्रतियोगिताको तयारी भइरहेको तमुधीं यूकेले जनाएको छ ।

मिचेटस्थित तमुधीं भवनमा १६ मार्च २०२५ मा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा बसेको बैठकमा खेलकुद सचिव तथा कार्यक्रम संयोजक क्या दिपक घलेले स्लाइड शोमार्फत गोर्खा कपको अहिलेसम्मका तयारी र आउँदो दिनमा गर्नुपर्ने कार्यबारे जानकारी गराउनुभयो ।
बैठकमा ओआईसी हिरा गुरुङ, एसिस्टेन ओवाईसी कुमार घलेलाई जिम्मेवारी तोकिएको थियो । हिराले गोर्खाकपमा पहिलो पटक जिम्मेवारी पाएकोले आफूलाई खुसी लागेको बताउँदै मार्गनिर्देशन गर्न आग्रह गर्नुभयो ।
सहारा यूकेका पूर्वअध्यक्ष कुमार गुरुङ र निवर्तमान अध्यक्ष लेरि कुसाङ गुरुङले गोर्खाकपलाई विगतदेखि नै सहयोग गर्दै आएकोले यस पटक पनि मद्दत गर्न प्रतिबद्ध रहेको बताउनुभएको थियो । गोर्खाकप २५ मेको बिहान ८ देखि राति ८ बजेसम्म तोकिएको छ । खेल क्वीन्स एभिन्यू स्पोर्ट्स फिल्ड अल्डरसट ह्याम्पसायरमा हुनेछ । प्रतियोगितामा गोर्खा कप मुख्य टिम, भेट्रान टिम, महिला टिम खेलाइनेछ । मुख्य विधाका विजेताले ३ हजार पाउन्ड र फस्ट रनरअपले १ हजार ८ सय पाउन्ड पुरस्कार पाउने छन् ।
उक्त प्रतियोगिताका लागि ६ अप्रिलमा टिम दर्ता र स्टल बुकिङ खुलाइने छ । टिम दर्ताका लागि कुमार घले र ट्रेडिङ तथा स्टल दर्ताका लागि उपाध्यक्ष दिलमाया गुरुङलाई जिम्मेवारी दिइएको छ ।
यस्तै भेट्रानका विजेताले १ हजार ५ सय र फस्ट रनरअपले १ हजार पाउन्ड जित्ने छन् भने महिला तर्फका विजेताले ६ सय पाउन्ड र फस्ट रनरअपले ४ सय पाउन्ड पुरस्कार पाउने आयोजकले जनाएको छ । बैठकमा उपाध्यक्ष कमल गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो भने महासचिव डा.विशाल गुरुङले बैठक सञ्चालन गर्नुभएको थियो ।
बैठकमा अध्यक्ष जुमकाजी गुरुङले फेब्रुअरी १ देखि तमुधीं यूकेको टोलीले गरेको तीन हप्ते नेपाल भ्रमणबारे संक्षिप्त जानकारी गराउनुभएको थियो ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन