
धरान । तेस्रो गोर्खा ट्रेल ब्लेजर १० किलोमिटर खुल्ला दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ सुरज लिम्बू र महिलातर्फ पुष्प सेर्माले जितेकी छिन् ।
शनिबार सुनसरीमा सम्पन्न प्रतियोगिता गोर्खा सिमेष्ट्रिज ट्रस्ट नेपालको आयोजनामा भएको प्रतियोगितामा धरान उपमहानगरपालिका–१८ को संयोजन र धरान उपमहानगरपालिकाको सहयोग रहेको थियो ।
उपाधि विजेता सुरज लिम्बूले ३४ मिनेट ४५ सेकेन्ड र पुष्पा सेर्माले ४५ मिनेट ३४ सेकेन्डमा दौड पूरा गर्नुभयो । विजेता दुवै जनालाई नगद रु २० हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरियो । विजेता दुवै जनाले सन् २०२६ मा हङकङमा आयोजना हुने गोर्खा ट्रेल रनमा सहभागी हुन पाउने गोर्खा ट्रस्टका अध्यक्ष महेन्द्र राईले जानकारी दिनुभयो ।
जीवित वीर गोर्खा सैनिकको सम्मानमा आयोजना हुँदै आएको प्रतियोगिताअन्तर्गत धरान–१८ स्थित रत्न चोकबाट सुरु भएको दौड मङ्गलबारे, सर्दु पुल, भञ्ज्याङ हुँदै गोर्खा स्मृति पार्क पुगेर समापन भएको थियो । प्रतियोगितामा सुनसरी, झापा, मोरङ, उदयपुर, भोजपुर, तेह्रथुम, पाँचथर, धनकुटालगायत जिल्लाबाट ४०० बढीको सहभागिता रहेको अध्यक्ष राईले बताउनुभयो ।
प्रतियोगिताका अवसरमा दोस्रो विश्वयुद्ध लडेका खोटाङ जन्ते ढुङ्गा निवासी हाल बेलटार बसोबास गर्ने १०२ वर्षीय जीवित पूर्वब्रिटिस गोर्खा सैनिक दलबहादुर राई र धरान १८ रत्नचौक निवासी ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन