
धरान । तेस्रो गोर्खा ट्रेल ब्लेजर १० किलोमिटर खुल्ला दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ सुरज लिम्बू र महिलातर्फ पुष्प सेर्माले जितेकी छिन् ।
शनिबार सुनसरीमा सम्पन्न प्रतियोगिता गोर्खा सिमेष्ट्रिज ट्रस्ट नेपालको आयोजनामा भएको प्रतियोगितामा धरान उपमहानगरपालिका–१८ को संयोजन र धरान उपमहानगरपालिकाको सहयोग रहेको थियो ।
उपाधि विजेता सुरज लिम्बूले ३४ मिनेट ४५ सेकेन्ड र पुष्पा सेर्माले ४५ मिनेट ३४ सेकेन्डमा दौड पूरा गर्नुभयो । विजेता दुवै जनालाई नगद रु २० हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरियो । विजेता दुवै जनाले सन् २०२६ मा हङकङमा आयोजना हुने गोर्खा ट्रेल रनमा सहभागी हुन पाउने गोर्खा ट्रस्टका अध्यक्ष महेन्द्र राईले जानकारी दिनुभयो ।
जीवित वीर गोर्खा सैनिकको सम्मानमा आयोजना हुँदै आएको प्रतियोगिताअन्तर्गत धरान–१८ स्थित रत्न चोकबाट सुरु भएको दौड मङ्गलबारे, सर्दु पुल, भञ्ज्याङ हुँदै गोर्खा स्मृति पार्क पुगेर समापन भएको थियो । प्रतियोगितामा सुनसरी, झापा, मोरङ, उदयपुर, भोजपुर, तेह्रथुम, पाँचथर, धनकुटालगायत जिल्लाबाट ४०० बढीको सहभागिता रहेको अध्यक्ष राईले बताउनुभयो ।
प्रतियोगिताका अवसरमा दोस्रो विश्वयुद्ध लडेका खोटाङ जन्ते ढुङ्गा निवासी हाल बेलटार बसोबास गर्ने १०२ वर्षीय जीवित पूर्वब्रिटिस गोर्खा सैनिक दलबहादुर राई र धरान १८ रत्नचौक निवासी ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको छ ।
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ