काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायुका असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको छ ।

‘जल सुरक्षा, जलवायु, प्रकृति र विकासको अन्तरसम्बन्धमा हुने मन्त्रीस्तरीय गोलमेच’ कार्यक्रममा सहभागी हुन संयुक्त अधिराज्य बेलायतको लण्डन पुग्नुभएका उहाँले जलवायुका असरबारे ध्यानाकर्षण गराउनुभएको हो ।
मन्त्री ठकुरी बेलायतको विदेश, राष्ट्रमण्डल र विकास कार्यालय (एफसिडिओ) द्वारा आयोजित मन्त्रीस्तरीय गोलमेच’ कार्यक्रममा सहभागी हुन बिहीबार त्यहाँ पुग्नुभएको हो ।
उहाँ बिहीबार साँझै बकिङ्घम दरबारमा राजा चार्ल्स तृतीयद्वारा आयोजित जल र जलवायु स्वागत समारोहमा सहभागी हुनुभएको बेलायतस्थित नेपाली दूतावासले जनाएको छ । यसअघि बिहीबार दिउँसो मन्त्री ठकुरीले मन्त्रीस्तरीय गोलमेच बैठकमा नेपालको जल सुरक्षाका दृष्टिकोणहरू प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा जलवायु परिवर्तन र जल असुरक्षाबाट प्रभावित विभिन्न देशका मन्त्री, जल सुरक्षा, जलवायु परिवर्तन र प्रकृतिका विज्ञ र विश्व बैंक, युएनइपी, युएनआइसीइएफ, आइएफएडी र ग्लोबल कमिसन अन द इकोनोमिक्स अफ वाटरलगायत अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।
मन्त्री ठकुरीले प्रणाली र जीविकोपार्जनमा जलवायु परिवर्तनले ल्याएका जीवन–मरणका चुनौतीको सामना गर्न नेपाल सरकारले लिएका पहलबारे प्रकाश पार्नुभएको थियो ।
सो अवसरमा उहाँले नेपालले आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ बारेमा जानकारी गराउनुभएको मन्त्री ठकुरीको सचिवालयले जनाएको छ ।
संवादमार्फत नेपाल सरकारले बहुपक्षीय अन्तरक्रिया गर्न थालेको उल्लेख गर्दै मन्त्री ठकुरीले यो विश्वव्यापी संवाद ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ विषयमा हुने बताउनुभयोे । उहाँले हिमालय क्षेत्रको जलवायु परिवर्तनका मुद्दाहरू सम्बोधन गर्न आवाज उठाउन र समर्थन जुटाउन नेपालको बलियो पहलका बारेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा मन्त्री ठकुरीले परराष्ट्रमन्त्री डा आरजु राणा देउवाकोतर्फबाट बेलायतको ‘एफसिडिओ’ का अन्तर्राष्ट्रिय विकास, ल्याटिन अमेरिका र क्यारिबियन मामिलाका राज्यमन्त्री बैरोनेस चापम्यानलाई संवादमा सहभागी हुन औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गर्नुभएको थियो ।
साथै बेलायतका प्रकृति विशेष प्रतिनिधि रुथ डेभिसलाई पनि सोही निमन्त्रणा दिनुभएको थियो ।
सो अवसरमा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेलगायत सहभागी हुनुहुन्थ्यो ।
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु