लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी)का संस्थापक र पूर्वअध्यक्षहरुबीच मंगलबार ‘बृहत् एकता’ संवाद हुने भएको छ ।

थप एकता र सहकार्यका साथ अगाडि बढ्नका लागि साझा समाधान खोज्नु अत्यन्त आवश्यक भएकोले ‘बृहत् एकता’ संवाद कार्यक्रममा राखिएको एनआरएनएका अध्यक्ष डा. बद्री केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार संवादका लागि संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो,पूर्वअध्यक्षहरु देवमान हिराचन,जीवा लामिछाने, डा शेष घले,भवन भट्ट, कुमारप्रसाद पन्तलाई आमन्त्रण गरिएको छ ।
यस्तै पूर्वउपाध्यक्ष एवं प्रमुख संरक्षक रामप्रताप थापा,संस्थापक अन्तर्राष्ट्रिय संयोजक भीम उदाससहित संस्थापक सदस्य,अभियन्ता, अन्तर्राष्ट्रिय समन्वय परिषद्का वर्तमान तथा पूर्वपदाधिकारी, वर्तमान तथा पूर्वसंरक्षक तथा सल्लाहकार, राष्ट्रिय समन्वय परिषद्का वर्तमान तथा पूर्वपदाधिकारी तथा सम्पूर्ण पंजीकृत सदस्यहरूमा अन्तरक्रिया कार्यक्रममा उपस्थित हुन आह्वान गरिएको छ ।
कार्यक्रम जुम भर्चुअलमार्फत हुने छ । नेपालको समय बेलुका ५ बजे तोकिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’