
मस्को । रूसले जासुसी गतिविधि गरेको आरोपमा दुई बेलायती ‘कूटनीतिज्ञ’लाई देश निकाला गर्ने घोषणा गरेको छ ।
दूतावासका द्वितीय सचिव र प्रथम सचिवका पतिलाई निष्कासन गरेको घोषणा गर्दै रुसको एफएसबी सुरक्षा सेवाले भनेको छ, “प्रतिगुप्तचर कार्यले राष्ट्रिय दूतावासको आवरणमा अघोषित बेलायती गुप्तचर उपस्थिति प्रकट गरेको छ ।” विज्ञप्तिमा भनिएको छ, “हाम्रो देशमा प्रवेश गर्ने अनुमति प्राप्त गर्दा यी दुईले जानाजानी गलत जानकारी दिएका थिए, जसले गर्दा रुसी कानुनको उल्लङ्घन भएको थियो ।”
बेलायतले उक्त आरोपबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन । रुसी विदेश मन्त्रालयले उनीहरूको मान्यता रद्द गरेको छ र उनीहरूलाई दुई हप्ताभित्र रुस छोड्न आदेश दिएको छ।
मन्त्रालयले दूतावासका अन्य प्रतिनिधिलाई पनि सोधपुछका लागि बोलाएको टेलिग्राममा एक पोस्टमा उल्लेख गरिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको २५ बर्षे शासनकालमा गुप्तचर निकायका कारण मस्को र लण्डनबीचको सम्बन्ध तनावपूर्ण बनेको छ ।
बेलायतले सन् २००६ मा लण्डनमा भएको विषाक्त आक्रमणमा पूर्व रुसी एजेन्ट तथा क्रेमलिनका आलोचक अलेक्जेन्डर लिटभिनेन्कोको हत्यामा मस्कोको हात रहेको आरोप लगाएको छ ।
सन् २०१८ मा बेलायत र उसका सहयोगीहरूले पूर्व डबल एजेन्ट सर्गेई स्क्रिपललाई सोभियत कालको नोभिचोक नामक ‘नर्भ एजेन्ट’ (विष) खुवाएको आरोपमा जासूस भनिएका दर्जनौं रुसी दूतावासका अधिकारीहरूलाई देश निकाला गरेका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्रेमलिनसँग निकट सम्बन्ध कायम गर्न खोजिरहेको ररुसले युक्रेन द्वन्द्वको दोष अमेरिकाबाट युरोपतिर थोपरिरहेको बेला सोमबारको घोषणा आएको हो ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ