
लन्डन । सांस्कृतिक कार्यक्रमसहित शेर्पा संघ बेलायतले ग्याल्पो ल्होसार मनाएको छ । प्लमस्टिडस्थित एसियन कम्युनिटी हलमा शनिबार ८ मार्चमा विशेष सांस्कृतिक कार्यक्रमका साथ संघले नयाँ वर्ष सिङ मो डुल लो २१५२ औं ल्होसार भव्य रुपमा मनाएको हो । संघका अध्यक्ष रिन्जी शेर्पा लामाको अध्यक्षतामा भएको कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेको प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो ।
छोङ शेर्पाको कार्यक्रम संयोजक रहेको कार्यक्रममा प्रथम वरिष्ठ उपाध्यक्ष नुरी शेर्पाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम सञ्चालन महासचिव नोर्बु शेर्पाले गर्नुभएको थियो ।
ल्होसार कार्यक्रममा प्रमुख अतिथि राजदूत घिमिरे, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके अध्यक्ष प्रेम गाहामगर, सेचेन गुम्बाका धर्म गुरु फुर्तेम्बा शेर्पा, शेर्पा संघ बेलायतका संस्थापक अध्यक्ष तथा संरक्षक काजी शेर्पालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
ल्होसार मनाउन बेलायतका विभिन्न सहरबाट शेर्पा समुदाय मौलिक पहिरन र गरगहनामा सजिएर बाक्लो मात्रामा उपस्थित थिए । चर्चित र स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुतिले कार्यक्रममा रौनकता थपिएको थियो ।

नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा