लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेका पूर्वउपाध्यक्ष मोहन कार्कीको निधन भएको छ ।

कार्कीको सोमबार स्कटल्यान्डस्थित आफ्नै निवासमा मृत्यु भएको एनआरएनए यूकेले जनाएको छ । उहाँ केही समयदेखि फोक्सोको समस्याबाट पीडित हुनुहुन्थ्यो ।
झापामा २९/१०/१९७२ मा जन्मिएका कार्कीको घर काठमाडौंमा कालिमाटी हो । कार्की एनआरएनए यूकेको दुई कार्यकाल उपाध्यक्ष (२०१९–२१, २०२१–२३), एनआरएनए स्कटल्याण्डको संस्थापक अध्यक्ष (२०१७–१९) रहनुभएको थियो ।
उहाँ फोर्थ भ्याली नेपाली एशोसिएसनका अध्यक्ष, दुई कार्यकाल ग्लास्गो नेपाली एशोसिएसनको अध्यक्षसमेत बन्नुभएको थियो ।
एनआरएनए यूकेको नेपाली नागरिकता निरन्तर अभियानको संयोजकसमेत बन्नुभएका कार्की आपतविपत पर्दा कर्मभूमि बेलायत र जन्मभूमि नेपालमा अग्रणी रुपमा लागिपर्ने स्वभावका हुनुहुन्थ्यो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा