
लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले आउँदो २३ मार्चमा हुन गैरहेको एकता अधिवेशन सफल पार्न ५२७ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ।
एनआरएनए यूकेका पूर्वअध्यक्ष योगेनबहादुर क्षेत्री प्रमुख संयोजक रहेको उक्त समितिको सहसंयोजकमा अनिता राई, सिरी गुरुङ, जुरेन्द्र खाजुम, राम गलामी, धन तामाङ, नर्बु शेर्पा, भक्त दर्जी, क्याप्टेन बिष्णु श्रेष्ठ र सदस्य सचिवमा राजकुमार त्रिपाठी रहनुभएको छ ।
बेलायतका हरेक नेपाली संघसंस्थालाई प्रतिनिधित्व गर्ने सदस्यहरुको नामावली तल समावेश छ ।‘एउटा पारदर्शी, एकताबद्ध तथा प्रजातान्त्रिक एनआरएनए बनाउने यो एउटा ऐतिहासिक अवसर हो । त्यसैले यूकेमा बसोबास गर्नु हुने भूतपूर्व गोर्खा समुदायलगायत प्रवासी नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई जति सक्दो चाडो एनआरएनएको सदस्यता लिन र महाधिवेशनमा भाग लिनको लागि नाम दर्ता गराउन हामी आग्रह गर्दछौं’- एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरले भननुभयो ।
गाहा मगरले एक विज्ञप्ति प्रकाशित गर्दै २३ मार्चमा हुन गैरहेको एनआरएनए यूकेको एकता अधिवेशन भव्य र सभ्यरुपमा सम्पन्न गर्न सहयोगका लागि सबैलाई आग्रह पनि गर्नुभयो ।
गाहा मगरले सर्वोच्च अदालतको २०८० चैत्र २१ गतेको परमादेश अनुसार गठित गैर आवासीय नेपाली संघ एनआरएनए उच्चस्तरीय समितिले सदस्यता वितरण खुला गरेकाले यथाशीघ्र सदस्यता लिन आग्रह गर्नुभयो ।
एनआरएनए यूकेको nrnauk.org/unity-convention वा उच्चस्तरीय समितिको www.nrnahlc.com वेबसाइटमा गएर एनआरएनएको सदस्य हुन योग्य गैर आवासीय नेपालीले सदस्यता नवीकरण वा नयाँ सदस्यता प्राप्तिका लागि आवेदन दिन पाउनेछन्। यूकेमा सदस्यता शुल्क निशुल्क गरिएको छ।
अन्तरराष्ट्रिय महाधिवेशनमा सहभागी हुन लाग्ने शुल्क उच्चस्तरीय समितिले तोके बमोजिम हुनेछ।
अन्तरराष्ट्रिय महाधिवेशनमा सहभागी हुन इच्छुकहरुका लागि समितिले आउँदो १६ मार्चदेखि ३१ मार्च २०२५ सम्म दर्ता आवदेन खोल्नेछ। यसअघि एनआरएनए यूकेको सदस्यता लिइसकेका सदस्यहरुलाई अधिवेशनमा भौतिक रुपमा उपस्थित भएर मतदान गर्न दिइने गाहामगरले जनाउनुभयो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने