
लन्डन । याक्थुङ/लिम्बुका मुन्धुमीस्थल तथा सांस्कृतिक केन्द्र ताप्लेजुङको पाथीभरा क्षेत्र मुक्कुम्लुङमा आन्दोलनरत पक्षमाथि सरकारले गरेको दमनप्रति पहिचानवादी मोर्चा यूकेले विरोध जनाएको छ ।
मोर्चाका संयोजक देबी तुम्बाहाङ्फे र सदस्य सचिव लाहाङ चेम्जङले मंगलबार विज्ञप्ति जारी गर्नुहुँदै मुक्कुम्लुङमा केबलकार बन्न नहुनेभन्दै आन्दोलनरत पक्षमाथि सरकारले बर्बर दमन गरेकोमा घोर निन्दा गरेका हुन् । ‘२२ फेब्रुअरीको राति ताप्लेजुङको फुङलिङमा पूर्वनिर्धारित आफ्नो शान्तिपूर्ण कार्यक्रमलाई सफल बनाउन भेला हुँदैगर्दा ओली सरकारका मतियार प्रहरीहरुद्वारा इतिहासले कहिल्यै क्षमा गर्न नसक्ने गरी लोकतान्त्रिक मूल्य मान्यताविपरीत मानव अधिकारको बर्खिलापमा जुन हर्कतहरु भएका छन्,’ विज्ञप्तिमा भनिएको छ,’जस्तै खाना खाइरहेको समयमा अश्रुग्यास हानेर अर्धचेत बनाउने, लछारपछार पार्ने, अनावश्यक बल प्रयोग गरी हातखुट्टा भचाउने, नियन्त्रणमा लिने, सुतिरहेको ठाउँबाट पिट्दै गिरफ्तार गरेर लग्ने, सम्पर्कविहीन बनाउने, घरको छतबाट ढुंगा हान्ने जस्ता आतङकवादीशैलीमा आन्दोलनकारीहरुमाथि गरिएको बर्बर दमनको जति निन्दा गरे पनि कमी नै हुन्छ । ओली सरकारको यी आतङकवादी कार्यहरुको यूके मोर्चा घोर निन्दा गर्दछ ।’
स्थानीयले केबुलकारको विरोध गर्दै आइरहे पनि व्यापारी चन्द्र ढकालको प्रभावमा परी ओली सरकार जबर्जस्त केबुलकार बनाउन उद्दत मात्र छैन,आन्दोलनकारीहरुमाथि विभिन्न बहाना र झुटो तिकडमहरु रच्दै गोली ठोक्ने, अङ्गभ्ङग हुनेगरी निर्मम प्रहारहरु गर्ने जस्ता निन्दनिय कर्तुतहरु गर्दै आइरहेकोप्रति मोर्चाको गम्भीर ध्यानकर्षण भएको समेत जनाइएको छ ।
‘मुम्कुम्लुङलाई सधैंको लागि तहसनहस बनाउने गरीको केबलकार परियोजना इतिहासले विर्सन नसक्ने सांस्कृतिक जेनोसाईड हो । हजारौं वर्ष पूराना १० औं हजार रुखहरु काटिएका छन् । परिणामतः संसारमै दुर्लभ जीव जीवात्माहरुलाई सधैंको लागि ध्वस्त बनाउने आपराधिक कार्यहरु केबुलकार विकास योजनाको नाममा यो ओलि सरकारले गरिरहेको छ,’ विज्ञप्तिमा छ, ‘त्यसकारण, सांस्कृतिक, जैवीक र पर्यावरणीय हिसाबले यो सरकारी कदम सरासर अपराध हो भन्ने हाम्रो ठम्याई पनि छ ।’
मोर्चाले मुम्कुम्लुङलाई मुन्धुम र प्रकृति निर्दिष्ट बनाउन केबुलकारको विपक्षमा उठिरहेको आन्दोलमा सहभागी हुँदै पहिचानको यात्रामा निर्भिक अघि बढ्न सम्पूर्ण न्यायप्रमी दाजुभाइ तथा दिदीबहिनीहरु र युवायुवतीहरुलाई आह्वानसमेत गरेको छ ।

नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा