
लन्डन । बेलायत निवासी पत्रकार तथा लेखक विश्वासदीप तिगेलाले आफूले अध्ययन गरेको विद्यालयलाई जग्गा खरिद गरेर, खेलमैदान बनाई, स्थायी कार्यक्रम स्टेज भवन बनाई हस्तान्तरण गर्नुभएको छ ।

तिगेलाले आफूले अध्ययन गरेको विद्यालयलाई पटकपटक सहयोग गर्दै आउनुभएको छ । गत २१ माघ २०८१ का दिन भारती माध्यमिक विद्यालय छथर जोरपाटी १, धनकुटालाई यसपटक ५ लाख रुपैयाँ खर्चगरी खेलमैदानको आकारलाई बढाउने, खेलमैदानको एकछेउमा स्थायी पक्की कार्यक्रम स्टेज भवन निर्माण गरी प्रवेशद्वारमा फलामको ढोका लगाई, खेलमैदानको वरिवरि तारजाली लगाएर दाता तिगेला र धर्मपत्नि भोजकुमारी थोक्लेनले संयुक्त रुपबाट विद्यालय संचालक समितिका अध्यक्ष होमकुमार लिम्बु र विद्यालयको प्रधानाध्यापक भिमबहादुर लिम्बुलाई हस्तान्तरण गर्नुभएको हो ।
तिगेलाले उक्त जग्गा वि.स. २०६९ मा १ लाख ३८ हजार रुपैयाँमा किनेर विद्यालयलाई दिनुभएको थियो भने सोही विद्यालयलाई उच्च माध्यमिक विद्यालय बनाउन २०६६ मा ५० हजार प्रदान गर्नुभएको थियो । उहाँ त्यो बेलाका उच्च मावि बनाउनको निमित्त सबैभन्दा ठूलो दातासमेत रहनु्भएको थियो ।

विद्यालय व्यवस्थापन समितिले दाता तिगेलाले किनेर, बनाएर दिएको खेलमैदानको नाम विश्वासदीप तिगेला खेलमैदान नामाकरण गरेको छ ।खेलमैदान र कार्यक्रम स्टेज भवनको उद्घाटन स्थानीय छथर जोरपाटी गाउँपालिका उपाध्यक्ष गिता खेवाले गर्नुभएको थियो । उपाध्यक्ष खेवाले दाता तिगेलाप्रति आभार ब्यक्त गर्नुका साथै खेलमैदानमा वार्षिक रुपमा खेलकुद आयोजना गर्न आफूले पालिकामार्फत पहल गर्ने प्रतिबद्धता समेत आश्वासन दिनुभयो ।
त्यसैगरी वडा नं. १ का अध्यक्ष गोविन्द लिम्बुले विद्यालयलाई साँचिचीकै आवश्यक परेको बखत जग्गा किनिदिनु हुने दाताप्रति आभार ब्यक्त गर्नुभयो । विद्यालयका प्रधानाध्यापक भिम बहादुर लिम्बुले हस्तान्तरण समारोहमा उपस्थित सबैलाई स्वागत गर्दै विद्यालयको समस्या र आवश्यकताको चर्चा गर्दै दाता तिगेलाले गरेका योगदानको कदर स्वरुप खेलमैदानको नाम विश्वास दीप तिगेला खेलमैदान नामकरण बैठकमा संयुक्त रुपबाट निर्णय गरेको जनाउनुभयो ।
विद्यालयको तर्फबाट दाता दम्पतीलाई दोसल्ला ओडाई सम्मान गरियो भने दाता तिगेलाले आफूलाई पढाउनुहुने गुरुवर भोगेन्द्रराज अधिकारी र रेवती सुवेदीलाई नेपाली ढाका टोपी लगाईदिएर सम्मान व्यक्त गर्नुभयो । तिगेलाले आफू जन्मेको माटो, आमाबुबा र गुरुजनलाई सधैं सम्झने, सम्मान गर्ने गरेको बताउनुभयो । आफूसँग प्रशस्त पैसा भएर नभइ, आफू अध्ययन गरेको विद्यालयलाई सहयोग गर्नु आफ्नो दायित्व सम्झेर दुःख गरी कमाएको पैसा विद्यालयलाई दिएको प्रस्ट पार्नुभयो । उहाँले विद्यालयलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।दाता तिगेलाले आफूले कक्षा १ देखि ५ सम्म पढेको नजिकैको अर्को विद्यालय शारदा माध्यमिक विद्यालयलाई पनि विभिन्न समयमा सहयोग गर्दै आएको, करिब डेढदशक अघि कम्प्युटर सहयोग गर्नुभएको थियो । पटकपटक खेलकुदको सामग्री प्रदान गर्नुभएको थियो ।

त्यस्तैगरी तिसमुरे डाँडामा ४ कोठे सिरिजंगा प्राथमिक विद्यालय निर्माण गर्दा पूरै च्यादर र काठ किनिदिनुभएको थियो । सरस्वती पुजाको दिन आयोजित सो खेलमैदान हस्तान्तरण समारोहमा विद्यार्थी नानीहरुले दर्जनभन्दा बढी गीत र नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सभापतित्व होमकुमार लिम्बुले गर्नुभएको थियो भने संचालन शिक्षक प्रेम कार्कीले गर्नुभएको थियो ।

नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा