
लन्डन । लन्डनको ह्यारोमा ‘अबको बाटो’ पुस्तकको विमर्श कार्यक्रम सम्पन्न भएको छ ।
विभिन्न साहित्यिक संघसंस्थाहरुद्वारा आइतबार २३ फेब्रुअरीमा आयोजित कार्यक्रममा सम्पादक भरतकुमार श्रेष्ठद्वारा संकलित कृतिमाथि विमर्श गरिएको हो । पुस्तकमा नेपालले हिँड्नुपर्ने मार्गचित्रबारे विभिन्न अनुभवी व्यक्तित्वका लेख समावेश छन्।
कार्यक्रममा कवि तथा लेखकसमेत रहनुभएका बेलायतका लागि नवनियुक्त राजदूत चन्द्रकुमार घिमिरेलाई बेलायतमा क्रियाशील विभिन्न साहित्यिक संघसंस्थाहरूले स्वागत गरेका थिए । राजदूत घिमिरेले आफ्नो मन्तव्यका क्रममा नेपालले विगतमा गरेका कमजोरी र अबका चुनौतीहरूबारे पुस्तकमा प्रस्तुत विचार गहन रहेको बताउनुभयो ‘विभिन्न क्षेत्रका विज्ञहरूबाट नेपालका संभावनाबारे तथ्यगत विश्लेषण गरिनु सरहानीय छ’ उहाँले भन्नुभयो । उहाँले पुस्तक संकलनका लागि सम्पादक श्रेष्ठलाई विशेष धन्यवादसमेत दिनुभयो ।

डा. मिलन ज्ञवालीले आफ्नो लेख ‘साना तथा मझौला उद्योगको पारस्परिक अन्तरसम्बन्ध, एक बिजनेस मोडल’ को चर्चा गर्दै नेपालका २७ सफल साना तथा मझौला उद्योगहरूको अनुसन्धानबाट प्राप्त निष्कर्ष प्रस्तुत गर्नुभयो । त्यस्तै, पूर्वप्रहरी डीएसपी तथा स्तम्भकार शिवजी श्रेष्ठले ‘नेपाल प्रहरी र गृहमन्त्री कस्तो हुनुपर्छ’ भन्ने विषयमा ऐतिहासिक उदाहरण दिँदै पुस्तकमा समावेश आफ्नो लेखमाथि विचार राख्नुभएको थियो । उहाँले सन् १८२२ का बेलायती गृहमन्त्री रोबर्ट पिलको उदाहरण पेश गर्दै नेतृत्व र प्रशासनिक दक्षताको महत्व दर्शाउनुभयो । ‘हामीले सत्य लेख्न र बोल्न छाड्नु हुँदैन, किनभने सकारात्मक विचारको कुनै न कुनै दिन सुनवाई हुन्छ,’ श्रेष्ठले जोड दिनुभयो।
पुस्तक समीक्षकका रूपमा साहित्यकार तथा लेखक डा. रुपक श्रेष्ठले पुस्तकको समग्र पक्षको समीक्षा प्रस्तुत गर्नुभयो । त्यसैगरी, पुस्तकका परिकल्पनाकार एवं संकलक भरतकुमार श्रेष्ठको व्यक्तित्व र कृतित्वबारे पत्रकार महासंघ यूकेका महासचिव तथा लेखक खेमराज रानाभाटले चर्चा गर्नुभयो।
कार्यक्रममा लेखक गोपी सापकोटाले राजदूत चन्द्रकुमार घिमिरेले लेखेको ‘डन्ट टच मी ओ कविताहरू’ वाचन गरी कार्यक्रममा साहित्यिक माहोल बनाउनुभयो ।
साहित्य अनुरागीहरूको उत्साह झन् बढ्दै गयो जब दुर्गाप्रसाद पोखरेल, सुनिल संगम, विनोद अधिकारी, प्रसुन कँडेल, रश्मिता दर्लामी, वाईबी गुरुङ, जया राईलगायतका सर्जकहरूले आफ्ना गजल, मुक्तक र कविताहरू प्रस्तुत गर्नुभयो । आध्यात्मिक व्यक्तित्व विष्णुप्रसाद सापकोटाले ‘जीवनमा सन्तुष्टि कसरी प्राप्त गर्ने’ भन्ने विषयमा प्रेरणादायी विचार राख्नुभयो ।
पुस्तकका संकलक श्रेष्ठले आफ्नो धारणा राख्दै भन्नुभयो, ‘हाम्रो समाजमै रहेका दक्ष र अनुभवी व्यक्तिहरूको ज्ञानलाई एकत्रित गरेर अबको नेपाल निर्माणको मार्गचित्र कोर्न सकिन्छ भन्ने सोचले यो पुस्तकको परिकल्पना गरिएको हो।’

कार्यक्रम अनेसास बेलायतका अध्यक्ष राज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालन पर्या साहित्यकार तथा लेखक विजय हितानले गर्नुभएको थियो । कार्यक्रममा पुस्तकका सम्पादकसहित चारजना लेखक र विभिन्न साहित्यिक संघसंस्थाका प्रतिनिधि तथा साहित्य अनुरागीहरूको गुणात्मक उपस्थिति रहेको थियो।
नेपालको भविष्यप्रति गहिरो चासो र विचार विमर्शले भरिएको उक्त कार्यक्रम एक प्रेरणादायी विचार मन्थनका रूपमा स्मरणीय रहेको अनुभूति उपस्थितहरुले बताउनुभएको छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा