झापा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादी तराई–मधेस जागरण अभियानको उद्घाटन गर्नुभएको छ ।

कचनकवल गाउँपालिकाको बनियानीस्थित हुकाहुकी चोकबाट अध्यक्ष दाहालले अभियानको सोमबार उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले यो अभियान ऐतिहासिक भएको बताउनुभयो । उहाँले अभियानले पूर्वदेखि पश्चिमसम्मका सबै जातजाति, धर्म र सम्प्रदायलाई एकीकृत गर्ने अपेक्षा रहेको बताउनुभयो ।

पार्टीका अर्का उपमहासचिव जनार्दन शर्माले जनताको कुरा सुन्ने, दुःख, सुख बाँड्ने र उत्पीडनमा परेकाको अन्त्य गर्ने उद्देश्यले अभियान थालिएको बताउनुभयो ।

उहाँले विगतमा पार्टीले गरेको कमीकमजोरीलाई पाँच महिनासम्म स्थानीय तहदेखि केन्द्रसम्म छलफल गरेर सङ्कल्पसहित जनतामा जाने निर्णय गरेर अभियान सञ्चालन गरिएको बताउनुभयो ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन