
काठमाडौं । किरात वाम्बुले राई भाषाको पत्रिका लिब्जु भुम्जुका सम्पादक गणेश राई ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार’बाट पुरस्कृत हुनुभएको छ ।
शुक्रबार २५औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२५ को अवसरमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले संयुक्त रुपमा राईलाई १ लाख रुपैयाँ राशिसहित पुरस्कार प्रदान गर्नुभएको हो । प्रतिष्ठानले सृजनाका माध्यमबाट पहाडी र हिमाली क्षेत्रमा बोलिने नेपाली,वाम्बुले भाषा, साहित्य संरक्षणमा योगदान दिएकाले राईलाई पुरस्कृत गरिएको जनाएको छ ।
राई गोरखापत्रको नयाँ नेपाल बहुभाषिक पृष्ठमा थप समावेश गरिएको वाम्बुले राई भाषापृष्ठको संयोजकसमेत हुनुहुन्छ । उहाँ २०५० देखि लिब्जु भुम्जु त्रैमासिक पत्रिकामार्फत मातृभाषाको पत्रकारिता गर्दै आउनुभएको छ ।
यस्तै, गोरखापत्रको नयाँ नेपाल बहुभाषिक पृष्ठमा समावेश गरिएको थारु भाषापृष्ठका संयोजक कमलसिं रानाथारु पनि नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । प्रतिष्ठानले तराई मधेश क्षेत्रमा बोलिने मातृभाषा (रानाथारु)को साहित्य सम्बृद्धिमा पुर्याएको योगदानलाई कदर गर्दै रानाथारुलाई पुरस्कृत गरिएको जनाएको छ । पुरस्कार राशि एक लाख रुपैयाँ रहेको छ ।

फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा