
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनका लागि पुनः गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराउनुभएको छ ।
बुधबार (७ फागुन )गृहमन्त्री लेखकसँगको भेटमा अध्यक्ष केसीले गैरआवासीय नागरिकता लिएका व्यक्तिले संविधानमा उल्लेख भए बमोजिमको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाउने गरी मार्गप्रशस्त गर्न ध्यानाकर्षण गराउनुभएको हो । उक्त अवसरमा महिला सचिव राधिका (टीका) गुरुङ पनि उपस्थिति हुनुहुन्थ्यो ।
सो अवसरमा संसद्मा जारी हिउँदे अधिवेशनमार्फत नै संविधान प्रदत्त अधिकारको उपभोग गर्न पाउने गरी कानुनी प्रावधान ल्याउन, गैरआवासीय नेपाली नागरिकता बहाक नागरिकलाई १० वर्ष भिसा शुल्क नलाग्ने प्रावधानलाई प्रतिस्थापन गर्ने कानुन बनाई गैरआवासीय नेपालीलाई नेपालमा आवतजावत तथा बसोबास गर्दा भिसा नै नचाहिने कानुन बनाउन, एनआरएन ऐनलाई पूर्णता दिई कार्यान्वयनमा ल्याउन र अन्य आवश्यक ऐन तथा कानुन परिमार्जनका लागि अनुरोध गरिएको थियो ।
जवाफमा गृहमन्त्री लेखकले गैरआवासीय नागरिकता लिएका व्यक्तिले संविधानमा उल्लेख भए बमोजिमको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाउनेगरी आउने जारी हिउँदे अधिवेशनबाटै कानुन बनाउने प्रतिबद्धता गरेको सचिव गुरुङले जानकारी गराउनुभयो । त्यसका लागि परराष्ट्र, कानुनलगायत सम्बद्ध मन्त्रालयसँग छलफल भइरहेको पनि गृहमन्त्री लेखकले बताउनुभयो ।
उक्त अवसरमा अन्य समसामायिक विषयमा पनि छलफल भएको सचिव गुरुङले बताउनुभयो ।
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ