
लन्डन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) गोर्खा कल्याण समन्वय समितिले बेलायती सेनाबाट अवकाश प्राप्त गोर्खाहरु र उनीहरुका सन्तानको वंशजको नागरिकता कायम राख्न र समान निवृत्तिभरणका लागि पहल गर्न सत्तारुढ नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ ।
गोर्खा कल्याण समन्वय समितिका संयोजक ह. ले. चन्द्रबहादुर गुरुङ नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार काठमाडौं बुढानीलकण्ठस्थित देउवा निवास पुगेर गोर्खाजहरुको वंशजको नागरिकता निरन्तरता, समान पेन्सनलगायतका माग समेटिएको ज्ञापनपत्र बुझाएको हो । संयोजक ले. गुरुङका अनुसार नेपाली नागरिकता ऐन २०६३ को दफा १०, उपदफा १ मा “नेपालको कुनै नागरिकले आफूखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन” भन्ने व्यवस्थालाई संशोधन गरी “तर यो व्यवस्था १९४७ को त्रिपक्षीय सन्धिअन्तर्गत बेलायती सेनामा भर्ती भएका गोर्खा र निजका सन्ततिहरुका लागि भने लागू हुने छैन । तसर्थ, बेलायती सेनाबाट अवकाश प्राप्त गोर्खाहरु र निजका सन्ततिहरूका वंशजको नेपाली नागरिकता कायमै रहनेछ” भन्ने वाक्यांश राखिदिन अनुरोध गरिएको छ ।
यस्तै गोर्खाहरूको निवृत्तिभरणसम्बन्धी नेपाल सरकार र बेलायत सरकारबीच वार्ता बिलम्ब हुँदा धेरै गोर्खाहरू सुविधा लिनबाट वञ्चित भइरहेकोले यो मुद्दालाई छिट्टै निर्णयमा पुर्याउन परराष्ट्र मन्त्रालयबाट मन्त्रीस्तरीय वार्ता टोली गठन गराई कूटनीतिक पहल गर्ने लगायत मागका विषयमा पनि पूर्वप्रधानमन्त्री देउवालाई अनुरोध गरिएको संयोजक ह. ले. गुरुङले जानकारी दिनुभयो ।
ज्ञापनपत्र बुझ्दै सभापति देउवाले गोर्खाहरु र उनीहरुका सन्ततिका वंशजको नागरिकताको निरन्तरता विषयमा कानुनी हिसाबमा जान आफूले पहल गर्ने तर पेन्सनको इस्युमा बेलायती प्रधानमन्त्रीस्तरबाटै हुँदैन भनेकोले त्यसमा पहल गर्न मुस्किल रहेको बताएको अध्यक्ष ह. ले. चन्द्र गुरुङले जानकारी दिनुभयो । देउवालाई ज्ञापनपत्र बुझाउन गोर्खा कल्याण समन्वय समितिका सचिव तथा तमु धीं यूकेका पूर्वअध्यक्ष नन्दजङ गुरुङ र सल्लाहकार काउन्सिलर लक्ष्यबहादुर गुरुङ पनि पुग्नुभएको थियो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा