
तस्बिर : मिलन तमु
पोखरा । तमु धीं यूकेले नौलो घुम्ती नेपाललाई १० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
मंगलबार पोखरा-१७ सीतापाइलास्थित नौलो घुम्तीको प्रधान कार्यालयमा एक कार्यक्रमबीच तमु धीं यूकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङ र निवर्तमान अध्यक्ष हरि गुरुङले नौलो घुम्ती नेपालका वरिष्ठ उपाध्यक्ष मंगलबहादुर नेपालीलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । उक्त सहयोग बर्खे भेलले क्षति पुर्याएको भान्साघर पुनर्निर्माणका लागि खर्च गर्ने गरी दिएको तमु धीं यूकेका निवर्तमान अध्यक्ष हरि गुरुङले जानकारी दिनुभयो ।
नौलो घुम्तीलाई १० लाख सहयोग दिने निर्णय निर्वतमान अध्यक्ष हरि गुरुङको कार्यकालमै भएको थियो । उक्त रकम गत वर्ष बेलायतमा तमु धीं यूकेले आयोजना गरेको गोर्खा कपबाट बचत गरिएको हो ।
संस्थाकी उपाध्यक्ष मिना गुरुङले सञ्चालन गरेको कार्यक्रममा तमु धीं यूकेका पदाधिकारी, कार्यसमिति सदस्य, नौलो घुम्ती नेपालका पदाधिकारी, कार्यसमिति, सञ्चारकर्मीलगायतको उपस्थिति थियो । नौलो घुम्ती नेपालले महिला तथा पुरुष लागू पदार्थ/मद्यपान परामर्श उपचार तथा पुनर्स्थापनाको क्षेत्रमा काम गर्छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा