
लन्डन । बेलायती प्रधानमन्त्री तथा जी–७ राष्ट्रका नेता केइर स्टार्मरले विश्वका अन्य नेतालाई एचआईभी परीक्षण गर्न आग्रह गर्नुभएको छ । नेताले प्ररीक्षण गर्दा यसको प्रभाव सहजै जनतामा पर्ने र उनीहरूले पनि यसलाई पछ्याउने उहाँको धारणा रहेको छ ।
बेलायती प्रधानमन्त्री कार्यालयले एचआईभी परीक्षणलाई प्रोत्साहित गर्न एक हप्ता लामो राष्ट्रव्यापी पहलको समर्थनमा स्टार्मरले शुक्रबार डाउनिङ स्ट्रिटमा ‘र्यापिड होम टेस्ट’ पूरा गरेको फुटेज सोमबार सार्वजनिक गरेको थियो । युके हेल्थ सेक्युरिटी एजेन्सी (यूकेएचएसए) का अनुसार इङ्ग्ल्याण्डमा अनुमानित चार हजार ७०० व्यक्ति एचआईभी सङ्क्रमित भएर बाँचिरहेका छन्।
स्टार्मरले डिसेम्बरमा आफ्नो सरकारले सन् २०३० सम्ममा इङ्ल्यान्डमा नयाँ एचआईभी केसहरू अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । नयाँ ‘एचआईभी कार्य योजना’ ले यस वर्षको अन्त्यमा प्रकाशित हुने लक्ष्यलाई कसरी पूरा गर्नेछ भनेर वर्णन गरेको थियो।
टेरेन्स हिगिन्स ट्रस्टद्वारा प्रदान गरिएको र स्वास्थ्य र सामाजिक हेरचाह विभागद्वारा वित्त पोषित एक हप्ता लामो परीक्षण पहल, २०१२ देखि इङ्गल्याण्डमा वर्षेनी चलिरहेको छ। बेलायतमा यो हप्ताभरी राष्ट्रव्यापी रूपमा कसैले पनि निःशुल्क एचआईभी परीक्षणको माग गर्न सक्दछ र माग अनुसार घरमा नै आफ्नो परीक्षण गर्न मिल्ने दुई प्रकारका एचआइभी परीक्षण किटहरू उपलब्ध हुनेछन् । एउटाले १५ मिनेटभित्र नतिजा दिन्छ भने अर्को ‘सेल्फ स्याम्पलिङ’ किटलाई नतिजाका लागि प्रयोगशालामा पठाउन सकिन्छ। यसले भिरिङ्गी (सिफलिस) को पनि परीक्षण गर्न सकिन्छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा