
लन्डन । ४० औं वार्षिकोत्सवको अवसरमा गोर्खाज् इन्टेक १९८५ ले टेलिभिजन कार्यक्रम इन्द्रेणीलाई २ लाख रुपैयाँ सहयोग गरेको छ ।
अध्यक्ष लालबहादुर लिम्बुको नेतृत्वमा शुक्रबार इन्द्रेणीको कार्यालयमा पुगेको टोलीले दिनदुखीको लागि १ लाख र कार्यालय व्यवस्थापनका लागि १ लाख रुपैयाँ सहयोग दिएको हो । गोर्खाज् र नम्बरनीहरुको सहभागितामा ३ वटा इपिसोडमा छायांकनसमेत भएको थियो ।
अध्यक्ष लालबहादुर लिम्बु र ४० औं वार्षिकोत्सवका संयोजक शेरबहादुर सुनार तथा पूर्वअध्यक्षहरुले संस्थाको तर्फबाट दिनदुखीको सहयोगका लागि १ लाख र इन्द्रेणी कार्यक्रम व्यवस्थापनका लागि १ लाख रुपैयाँ सहयोग सञ्चालक कृष्ण कँडेललाई प्रदान गरिएको अध्यक्ष लालबहादुर लिम्बुले जानकारी दिनुभयो ।
त्यस्तै इन्टेकको तर्फबाट मायाको चिनो र प्रमाणपत्रसमेत प्रदान गर्दै इन्द्रेणीका कलाकार, बाद्यवादक, सञ्चालकलगायत परिवारलाई नै खादा लगाइदिएर सम्मान व्यक्त गरिएको थियो । उक्त अवसरमा चर्चित गायक राजु परियार, गायिका मनमाया वाइबालगायत उपस्थित हुनुहुन्थ्यो ।
केही नम्बरीहरुले समेत इन्द्रेणीलाई सहयोग दिएका महासचिव विजय गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार स्व.कैलाश बाखिमकी श्रीमती युव बाखिमले पनि स्व सासु, बाआमाको नाममा १ लाख रुपैयाँ इन्द्रेणी कार्यक्रमका लागि सहयोग प्रदान गर्नुभयो ।
इन्द्रेणीका सञ्चालक कँडेलले शुक्रबार गोर्खाज् इन्टेक १९८५ को जम्बो टिमको उपस्थितिमा इपिसोड छायांकन गर्न पाएकोमा ऐतिहासिक भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
अध्यक्ष लिम्बूले पनि इन्द्रेणीले दिएको सहभागिताको मौकाका लागि धन्यवाद दिँदै इन्द्रेणी कार्यक्रमको उत्तरोत्तर प्रगतिको कामना गरे । इन्द्रेणी कार्यक्रममा गोर्खाज् इन्टेकलाई सहभागिताको तारतम्य पूर्वअध्यक्ष राजन क्षत्रीले मिलाउनुभएको थियो ।
गोर्खाज् इन्टेक १९८५ ले शनिबार काठमाडौंको सोल्टी होटलमा ४० औं वार्षिकोत्सव धुमधामसँग मनाएको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा