
लण्डन । बेलायतका लागि नेपाली राजदुत चन्द्रकुमार घिमिरेले गोरखा भूतपूर्व सैनिकहरूको समस्या कुटनीतिक र तार्किक पहलद्वारा समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
गोरखा भूतपूर्व सैनिकहरूको संस्थाहरूको मोर्चा जी टेनका प्रतिनिधिहरूसित आज दुताबासमा भएको परिचय तथा भेटवार्तामा राजदुत घिमिरेले सो कुरा बताउनुभएको हो ।
राजदुत घिमिरेले भर्खरै बेलायत आएर कुराहरू बुझ्दै गरेको बताउँदै गोरखा भूतपूर्व सैनिकहरूको समस्या वार्ताकै माध्यमबाट समाधान गर्नुपर्ने दृढता व्यक्त गरेका थिए । वार्ताको विकल्प नरहेको र वार्तामा शिष्टता, मर्यादा र कुटनीतिक मर्म पालना गर्नुपर्ने पनि उहाँको धारणा थियो ।
गोरखाहरूको समस्याका बारेमा यसअघि आदानप्रदान भएको ३५ बुँदामा नै केन्द्रीत रहेर वार्ता अगाडी बढाउनुपर्नेमा पनि राजदुत घिमिरेले जोड दिएका थिए ।
भेटमा गोरखाहरूले गोरखाहरू विभिन्न संगठनमा आवद्ध भएपनि वार्ताबाट गोरखा समस्याको समाधान खोज्नुपर्छ र गोरखाहरूमाथिको विभेद चाँडो अन्त्य हुनुपर्छ भन्नेमा एक रहेको बताएका थिए ।
भेटमा ब्रिटिश गोरखा वेलफेयर सोसाइटीका अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्र दल देवान, गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का कार्यबाहक अध्यक्ष तथा वार्ताकार धर्मबहादुर तामाङ र महासचिव नरहाङ राई, आमरण अनसन बस्ने सत्याग्राहीहरू पुष्पा राणा घले र धनबहादुर गुरुङको उपस्थिति रहेको थियो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा