लन्डन । तमु धीं यूकेको टोली नेपाल भ्रमणका लागि प्रस्थान गरेको छ । नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा शुक्रबार ३१ जनवरीमा हिथ्रो विमानस्थल हुँदै भ्रमण टोली नेपाल प्रस्थान गरेको हो ।

भ्रमण टोलीमा निवर्तमान अध्यक्ष हरि गुरुङ, पूर्वअध्यक्ष हितकाजी गुरुङ, गीतकारसमेत रहनुभएका ट्रस्टी एकेन्द्र गुरुङ, आमा समूहका निवर्तमान अध्यक्ष सन्ध्या गुरुङ, पूर्वअध्यक्ष मन्जु सीता गुरुङलगायत हुनुहुन्छ । टोलीका अन्य पदाधिकारी, सदस्यहरु कोही नेपाल पुगिसक्नुभएको छ । भ्रमणका क्रममा नेपालका पर्यटकीय स्थल भ्रमण, विभिन्न संस्थाका पदाधिकारी, बुद्धिजीवी र इस्टमित्रसँग भेटघाट गर्ने कार्यक्रम छ ।
तमु धीं यूकेका अध्यक्ष जुमकाजीले दिनुभएको जानकारी अनुसार बौद्ध अर्घौं सदन, ताङ्ले समाज, तमु सांस्कृतिक प्रतिष्ठान नेपाल, सहारा एकेडेमी, तमुधिं नेपाल, नौलो घुम्ती, चार भन्ज्याङ तमु समाज च्यारिटी डिनरलगायत संघ संस्थाहरुसँग भेटघाट, बगर भाइ खलक, फुटबल फाइनल, आहा रारा पोखरा गोल्डकपको उद्घाटन र समापन समारोहमा, पोखरा म्याराथनमा सहभागी हुने कार्यतालिका छ ।
यस्तै पर्यटकीय गन्तव्य गल्याङ, लमजुङ, सिक्लेस, चित्रे, राम्जा आर्थर, खाल्टे, ल्वाङलगायतमा पनि भ्रमण टोली पुग्नेछ । महासचिव डा विशाल गुरुङको नेतृत्वमा पर्वतमा १० फेब्रुअरीमा सुरु हुने नि:शुल्क आँखा शिविर शुभारम्भ कार्यक्रममा पनि तमु धींको टोली पुग्ने छ ।
उक्त टोली २१ फेब्रुअरीमा बेलायत फर्किने तालिका छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा