काठमाडौँ, ४ असार । काठमाडौँ महानगरपालिकाले भूकम्पका कारण चर्किएका तथा जोखिम बढेका दुई हजार ६३६ घर भत्काउन घरधनीहरुलाई स्वीकृति प्रदान गरेको छ ।
भूकम्पका कारण भत्किएका तथा जोखिममा परेका घर भत्काउन र पुनःनिर्माणका लागि अहिले महानगरपालिकाको भवन विकास महाशाखाबाट अनिवार्य स्वीकृति लिनुपर्ने प्रावधान छ ।
महाशाखाबाट स्वीकृति लिई घर भत्काउँदा छिमेकीको घरमा जोखिम न्यूनीकरण गर्न सहज हुने, पुनःनिर्माणका लागि प्राविधिक सहयोग तथा सरकारले उपलब्ध गराउने विभिन्न सुविधा प्राप्त गर्न सकिने महाशाखाका प्रमुख डा उत्तरकुमार रेग्मीले जानकारी दिनुभयो ।
काठमाडौँ जिल्लामा हालसम्म ३०० भन्दा बढी घर भत्काइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ भने ललितपुरमा २०० र भक्तपुरमा हालसम्म ४७२ जोखिमयुक्त घर भत्काइसकिएको छ ।
महानगरपालिकाको कार्यान्वयन महाशाखाले महानगरभित्रका स्वीकृत नलिइ भत्काउन खोजिएका ९१ घर रोक्का गरिदिएको छ । त्यस्ता घर अधिकांश व्यक्तिका भए पनि व्यापारिक प्रयोजनका लागि निर्माण गरिएका हुन् ।
वैशाख १२ गतेको भूकम्प तथा त्यसपछिका ठूला परकम्पबाट काठमाडौँमा सर्वसाधारणका ३६ हजार ९७३ घर र २७७ सरकारी भवन पूर्णरूपमा क्षति भएका छन् । भक्तपुरमा सर्वसाधारणका १८ हजार ९०० घर पूर्णरूपमा क्षति भएका छन् भने ललितपुरमा सर्वसाधारणका १७ हजार ४४४ घर र २१७ सरकारी भवन पूर्ण रूपमा क्षति भएको गृह मन्त्रालयले जनाएको छ ।
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा