काठमाडौँ, ४ असार । काठमाडौँ महानगरपालिकाले भूकम्पका कारण चर्किएका तथा जोखिम बढेका दुई हजार ६३६ घर भत्काउन घरधनीहरुलाई स्वीकृति प्रदान गरेको छ ।
भूकम्पका कारण भत्किएका तथा जोखिममा परेका घर भत्काउन र पुनःनिर्माणका लागि अहिले महानगरपालिकाको भवन विकास महाशाखाबाट अनिवार्य स्वीकृति लिनुपर्ने प्रावधान छ ।
महाशाखाबाट स्वीकृति लिई घर भत्काउँदा छिमेकीको घरमा जोखिम न्यूनीकरण गर्न सहज हुने, पुनःनिर्माणका लागि प्राविधिक सहयोग तथा सरकारले उपलब्ध गराउने विभिन्न सुविधा प्राप्त गर्न सकिने महाशाखाका प्रमुख डा उत्तरकुमार रेग्मीले जानकारी दिनुभयो ।
काठमाडौँ जिल्लामा हालसम्म ३०० भन्दा बढी घर भत्काइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ भने ललितपुरमा २०० र भक्तपुरमा हालसम्म ४७२ जोखिमयुक्त घर भत्काइसकिएको छ ।
महानगरपालिकाको कार्यान्वयन महाशाखाले महानगरभित्रका स्वीकृत नलिइ भत्काउन खोजिएका ९१ घर रोक्का गरिदिएको छ । त्यस्ता घर अधिकांश व्यक्तिका भए पनि व्यापारिक प्रयोजनका लागि निर्माण गरिएका हुन् ।
वैशाख १२ गतेको भूकम्प तथा त्यसपछिका ठूला परकम्पबाट काठमाडौँमा सर्वसाधारणका ३६ हजार ९७३ घर र २७७ सरकारी भवन पूर्णरूपमा क्षति भएका छन् । भक्तपुरमा सर्वसाधारणका १८ हजार ९०० घर पूर्णरूपमा क्षति भएका छन् भने ललितपुरमा सर्वसाधारणका १७ हजार ४४४ घर र २१७ सरकारी भवन पूर्ण रूपमा क्षति भएको गृह मन्त्रालयले जनाएको छ ।
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान