लन्डन । बेलायतमा सक्रिय ५ वटा तामाङ संस्थाले शनिबार २५ जनवरीमा एकै ठाउँमा सोनाम ल्होछार मनाउँदै छन् ।

तामाङ समाज युके, तामाङ घेदुङ युके, म्हेन्दोमाया परिवार युके, ल्हा म्हेन्दो तामाङ समाज युके र रेप केन्ट ह्युल्बाले संयुक्त रुपमा तामाङ जातिको महान् राष्ट्रिय सांस्कृतिक पर्व ल्होछार विविध कार्यक्रम गरी मनाउन लागेका हुन् । यो वर्ष मञ्जश्री सम्वत्-२८६१ डुल/सापुख्री ल्हो (सर्प वर्ग) को स्वागत गरिँदै छ ।
लन्डनस्थित ह्यारो लिजर सेन्टरमा शनिबार बिहान ११:३० देखि लामागुरु कर्म वान्ग्देल र उहाँको टिमले पूजा सुरु गर्नेछ भने वाङ वितरण पूजापाठ ढोकभेटपश्चात् दिउँसो २ बजेदेखि औपचारिक कार्यक्रम सुरु हुनेछ । मिठा तामाङ परिकार छोहोका साथै भोजनको व्यवस्था साथै सांस्कृतिक कार्यक्रम राति अबेरसम्म चल्ने आयोजकले जनाएका छन् ।
कार्यक्रमका लागि नेपालसहित विभिन्न देशबाट राष्ट्रिय कलाकारहरु बेलायत आएका छन् । चर्चित सेलो गायक चन्द्रकुमार दोङ, इन्डियन आइडल सिजन ३ विजेता प्रशान्त तामाङ लन्डन आइपुगिसक्नुभएको छ । विमानस्थलमा संयुक्त ल्होछार मूल समारोह समितिका सदस्यहरुले पुष्पगुच्छा र खादा लगाई स्वागत गरेका थिए । दोङ बिहीबार र प्रसाद शुक्रबार बेलायत उत्रिनु भएको हो ।
सोनाम ल्होछार कार्यक्रममा चन्द्रकुमार, प्रशान्तसहित सिङ्गीङ स्टार सिजन १ विजेता ऋतु लामा, कुमार योन्जन, कृष्ण पाख्रिन, सानु वाइबा, रश्मी तामाङ, कमला पाख्रिन घले, सुसन तामाङ र संगीता मगरको प्रस्तुतिका साथ म्हेन्दोमाया र सेलो नृत्य विशेष आकर्षण रहने आयोजकले जनाएका छन् ।
संयुक्त ल्होसार मूल समारोह समितिका संयोजक हरिसिंह वाइबा र सदस्य सचिव बम ब्लेन्थेन हुनुहुन्छ । सबै पाँच समाजका अध्यक्षहरु सदस्य रहने गरी १०१ सदस्यीय मूल समारोह समिति बनाएर कार्यक्रम तयारी गरिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’