लन्डन । बेलायत भ्रमणमा रहनुभएकी गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङ नेपाली दूतावास लण्डन पुग्नुभएको छ ।

सांसद गुरुङले २३ जनवरीमा लन्डनस्थित नेपाली दूतावासमा पुग्नुभएको हो । उहाँले बेलायतका लागि नवनियुक्त नेपाली राजदूत चन्द्रकुमार घिमिरेसँग भेटवार्ता गर्नुभयो । भेटमा राजदूत घिमिरेसँग उहाँले बेलायतमा रहेका नेपालीको समस्या समाधानका लागि पहल लिइदिन आग्रह गर्नुभएको थियो ।
नेपालको उत्पादन बेलायतमा ल्याएर बेच्नेहरूलाई दूतावासले सहजीकरण गरिदिनुपर्नेमा पनि सांसद गुरुङले जोड दिनुभएको छ । त्यस्तै नेपाली आमाहरूमा रहेको भाषाको समस्यामा दूतावासले ध्यान दिनुपर्ने, दूतावासमा धेरैभन्दा धेरै हेल्प डेस्क राखेर छिटो समस्या सुन्ने वातावरण बनाउनुपर्ने, नेपालबाट बेलायत आएर काम गर्नेहरूलाई भेला गरेर उनीहरूका समस्या सुन्ने र समाधानमा सहजीकरण गर्नसमेत दूतावासलाई आग्रह गर्नुभएको छ ।
राजदूत घिमिरेले नेपालीहरूलाई परेका समस्या समाधानको पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । भेटका क्रममा दूतावास नियोग उपप्रमुख विपिन दुवाडी, काउन्सिलर लक्ष गुरुङलगायतको पनि उपस्थिति थियो ।
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’